समीर गुरुङ, गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार । यो जिम्मेवारी उनका लागि नितान्त नयाँ हो । परन्तु, यो जिम्मेवारी त्यत्तिकै दिइएको होइन । साँचो भन्नु पर्दा राजनीतिक भागबन्डा पुरा गर्न पनि होइन । विगतमा समीरले पुरा गरेको केही महत्त्वपूर्ण जिम्मेवारी मन्त्री राजीव गुरुङले देखेका थिए । समीरको जिम्मेवारी बहन गर्ने र आफ्नो काममा प्रतिबद्ध भएर लागी पर्ने आदत नै राजीवले समीरलाई विश्वास गर्नुको प्रमुख कारण हो ।
ठमेल टुरिजम काउन्सिलका पूर्व अध्यक्ष समीरले रात्रिकालीन मनोरञ्जन व्यवसायी मञ्चमा नेतृत्वदायी भूमिका निर्वाह गरी सकेका छन् । यस संस्थामा रहेर उनले उठाएका आवाजले सबैलाई प्रभावित तुल्यायो । रात्रिकालीन व्यवसायलाई मर्यादित बनाउने र उनीहरूको आठ घण्टा काम गर्न पाउने अधिकारलाई सुरक्षित हुनु पर्ने उनले उठाएका दुवै आवजीका कारण उनी सबै पक्षका रुचाइएका व्यक्ति बनेका थिए । मानवीय संवेदनाले पूर्ण समीरको मनमा एउटा प्रश्नले घोच्न सुरु गरेको थियो, कुनै समय । कुनै पनि आमा बाबुले गरेको गल्तीको भागीदार छोराछोरी किन रु नेपालमा धेरै बालबच्चा जेलमा रहेका थिए । यसले उनको मानसपटललाई नराम्रोसँग झस्काइ दियो । यसैको फल स्वरूप नेपालमा स्थापना भएको थियो, नेपाल चाइल्ड वेल फेर फाउन्डेसन९ एनसिडब्लुएफ० । बेलायतको इन्टर बेन्जामिन ट्रस्टसँगको सहकार्यमा रहेको यो संस्थाले धेरै बाल बच्चाको उद्धार गरेको थियो ।
आफ्नै घरबाट उनले अद्भुत खालको शिक्षा र संस्कार पाएका थिए । प्राज्ञिक योग्यता, इमानदारिता र सृजनशीलताका प्रतीक मानिने प्राध्यापक सन्त बहादुर गुरुङका छोरा समीरले बाबुसँग धेरै सिके र उनका प्रेरणाका श्रोत पनि बाबु थिए । सेन्टर फर इकोनोमीक डेभ्लप्मेन्ट एडमिनिस्ट्रेसन९सेडा०को बाबु कार्यकारी निर्देशक थिए । समीरले नेपालको धेरै भूगोलको बस्तुगत पनि अध्ययन गरे । साथमा नेपाली जनजीवनको पनि । डेभ्लपमेन्ट एसोसीएट मार्फत गोरखाको सुगम देखि विकट उत्तरी भेगसम्म जेटिजेडसंग मिलेर ग्रिन भेजिटेबल र बिउ बिजनसँग सम्बन्धित काम गरे । बाबु सन्त बहादुरले खोलेको स्किम कलेजमा उनले प्रशासनको जिम्मेवारी पुरा गर्थे । यी यावत सफलतालाई नजिकबाट हेरेका राजीवले समीरलाई सल्लाहकार हुनका लागि उपयुक्त पात्र ठहर गरेका हुन् । यी दुईको विशेषता के हो भने दुवै जना खेलकुदबाट लाभ दिने सवालमा भन्दा खेलकुदमा केही गर्ने चाहनामा केन्द्रित छन् । त्यसो त यो १८ महिना भन्दा पनि कम समयमा धेरै छलाङ मार्ने कुराको अपेक्षा गर्न त सकिँदैन । परन्तु, विगतको भन्दा धेरै कुरामा सुधार गर्ने अभियानमा मन्त्री राजीव र समीर दुवै उत्तिकै दत्तचित्त छन् ।
खेलकुद राजनीतिकरणले क्षत विक्षत छ । खेलकुद क्षेत्रमा यावत समस्या रहेका छन्, जुन तत्काल सुधार्न आवश्यक छ । प्रदेश सरकारलाई बेवास्ता गर्दै राखेप बोर्ड आफ्ना आसेपासेलाई पोस्न लाग्नुले विकेन्द्रीकरणको खिल्ली उडाइएको उनको मत छ । पोखराको खेलकुदको सम्पत्ति राष्ट्रिय खेलकुद परिषद्ले एक जना बोर्ड सदस्यलाई जिम्मेवारी तोक्नु विकेन्द्रीकरणको खिल्ली उडाइनु मात्र होइन गण्डकी प्रदेशका सबै खेलकर्मीको भावनामा कुठाराघात भएको उनको आरोप छ ।
हरेक खेलकर्मीलाई दास बनाउन चाहने सदस्य सचिव रमेश सिलवालले गण्डकी प्रदेशमा पनि दासत्व लाद्न खोजेको आरोप लागेको छ । सर्वत्र विरोध हुनुको बाबजुद बोर्ड सदस्य राजेश गुरुङलाई जिम्मेवारी दिनु त सदस्य सचिवले कसरी खेलकुदका सम्पत्तिलाई व्यक्तिगत सम्पत्तिको रूपमा लिँदा रहेछन् भन्ने कुराको एउटा उदाहरण बनेको छ । महानगरपालिकाको १ वडा एक खेल मैदानको तयारी भएको छ । यसै गरी एक पालीका एक प्रशिक्षकको व्यवस्था लिइएको छ भने महानगरपालामा एक वडा एक मैदान तथा एक वडा एक प्रशिक्षकको व्यवस्था छ । पोखरा रङ्गशाला व्यवस्थित गर्ने, प्रशिक्षणलाई व्यवस्थित गर्ने तथा खेलाडीको आत्मबल बढाउने सबै विषयमा युवा तथा खेलकुद मन्त्रालय तल्लीन छ ।
आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्ने योजना मन्त्रालयको छ भने एक निजी अस्पतालसँग गण्डकी प्रदेशका सबै अन्तर्राष्ट्रिय पदकारी खेलाडीको निःशुल्क स्वास्थ्योपचार गर्ने सहमति भइसकेको छ । राष्ट्रिय प्रतियोगितामा पदकधारी खेलाडीको भने ५० प्रतिशत छुट हुने गरी सम्झौता हुँदै छ । यी सबै प्रयासका बाबजुद केन्द्रीय सत्ता भने सहयोगी होइन अवरोध सृजना गर्ने पथमा देखिएको छ । प्रदेश तहमा गुटबन्दी गर्ने, सकारात्मक कुरामा हातेमालो गर्न नचाहने तथा त्यहाँका सम्पत्ति पनि निजी सम्पत्ति झैँ निर्णय गर्ने काम सदस्य सचिव सिलवालले गरी रहेका छन् । यसका बाबजुद प्रदेश मन्त्रालयका सबै अवरोधलाई पार गर्दै सृजनात्मक काममा अघि बढी रहेको छ । यसको एउटा विशेष सारथि पात्र बनेका छन्, समीर गुरुङ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...