काठमाण्डौ : गैरआवासीय नेपाली संघ एनआरएनए को आगामी अध्यक्षका लागि कुल आचार्यले उमेदवारी घोषणा गरेका छन् । एनआरएनएको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा हुँदैछ।
उनले कुश्मामा आइतबार, पर्वत बाग्लुङ र म्याग्दीका पत्रकारहरुको सम्मेलन गरि यही असोज २८ देखि ३० गते काठमाडौमा हुने महाधिवेशनका लागि अध्यक्षको उमेद्वारी घोषणा गरेका हुन्।पर्वतको जलजला गाउँपालिका–७ धाइरीङमा जन्मिएर हाल बेलायतमा ब्यवसाय गदै आएका छन् । अघिल्लो निर्वाचनमा उनी वर्तमान अध्यक्ष कुमार पन्तसँग पराजित भएका थिए । संघका उनी पूर्वउपाध्यक्ष हुन् ।
२००३ देखि नै एनआरएनएमा सक्रिय उनले सुस्तामा विद्यालय, जुम्लामा प्रसुतिगृह, शंखमुलमा उद्यान, एनआरएनएको लगानी भित्र्याउन इन्भेष्टमेन्ट कम्पनी खेल्ने लगायतका कामको अगुवाइ गरेका आचार्यले ८५ देशमा रहेका ८० लाख गैरआवासीय नेपालीहरुको भावना अनुसार संस्थालाई मर्यादित र विश्वमै प्रतिष्ठित बनाउने प्रतिवद्धता जनाए। नेपालबाट पुँजी पलायन रोक्न र बाहिरबाट पुँजी भित्र्याउने विषयमा बहस गर्नुपर्ने उनले बताए। सरकारी निकायसँग समन्वय गरेर नेपालबाट विदेशिने कामदारको क्षमता र दक्षता बढाउन प्रयास गर्ने बताए।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...