२०८३ बैशाख ९
April 22, 2026, Wednesday

दर्शनका लागि मुक्तिनाथ मन्दिर आइतबारदेखि खुला गरिने

दर्शनका लागि मुक्तिनाथ मन्दिर आइतबारदेखि खुला गरिने

 

मुस्ताङ : मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर ५ महिनापछि आगामी आइतबारदेखि दर्शन खुला हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले यस्तो निर्णय गरेको हो । गत बैशाखदेखि सामान्य नित्यपूजा बाहेक सर्वसाधरणलाई दर्शनमा रोक लगाईएको थियो ।

कोरोना भाइरसको महामारी फैलिएसँगै मुक्तिनाथ दर्शन बन्द भएको थियो । नजिकिएको दशैंमा आउने दर्शनार्थीलाई लक्षित गरी स्थानीय प्रशासनले मन्दिर खुला गर्ने निर्णय गरेको हो । तर, जिल्लामा प्रवेश गर्ने विदेशी तथा स्वदेशी पर्यटकको साथमा भने खोप लगाएको कार्ड वा पीसीआर रिपोर्ट भने अनिवार्य गरिएको छ ।

मुस्ताङ जिल्लामा स्थायी बसोबास गर्ने व्यक्ति र पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीबाहेकको साथमा ७ दिन भित्रको पीसीआर नेगेटिभ रिर्पोट आएको प्रमाण हुनु पर्नेछ खोप कार्ड वा ७२ घण्टा भित्रको एन्टिजेन परीक्षण रिपोर्ट भए पनि हुने छ । जिल्लामा सार्वजनिक स्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर र हाटबजार राख्न भने नपाइने भएको छ । विवाह, ब्रतबन्ध, मृत्यु लगायतका संस्कार जस्ता कार्यमा २५ जना भन्दा बढी भेला नहुन समेत जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेको छ ।

मुक्तिनाथ समुन्द्रि सतहदेखि तिन हजार ८०० मिटरको उचाईमा अवस्थित छ ।

 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP