काठमाडौं: नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपाको केन्द्रीय समिति बैठकले आगामी फागुनमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको छ ।
तनहुँको बन्दीपुरमा बसेको सो समूहको केन्द्रीय समितिको ११ औं बैठकले जनयुद्ध दिवसको अवसर पारेर आगामी फागुनमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन अघि मंसिर ८ गते काठमाडौंमा सभा तथा प्रदर्शन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
अहिलेको शासन प्रणाली असफल भएको निष्कर्षमा पुगेको विप्लव समूहले सबै देशभक्त, प्रगतिशील र कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गर्दै जनमतसंग्रहका लागि अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । उसले अमेरिकी सहयोग परियोजना एमसीसी विरोधी सबै शक्तिहरूसँग सहकार्य गर्ने जनाएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...