अष्ट्रेलियामा ६ म्याग्नेच्युडको भूकम्प गएको छ। स्थानीय समयअनुसार अष्ट्रेलियाको भिक्टोरिया केन्द्रबिन्दु भएर मंगलबार बिहान ९ बजे ६ म्याग्नेच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। भूकम्पका कारण मेलबर्नका विभिन्न भवनमा क्षती पुगेको छ । भुकम्प मेन्सफील्ड लाई केन्द्रविन्दु बनाएर स्थानिय समयानुसार बुधबार बिहान ९ः१५ मा आएको हो ।
भूकम्पको झट्का दक्षिण अष्ट्रेलिया र न्यू साउथ वेल्समा पनि महसुस गरियो । पहिलो तीब्र झट्का पछि दोस्रो झट्का ४।० तीब्रताको र तेस्रो झट्का ३।१ तीब्रताको आएको बिबिसिले जनाएको छ । भूकम्पको धक्का भिक्टोरियाका साथै सिड्नी, क्यानबेरा, तास्मानिया लगायतका सहरमासमेत महसुस गरिएको छ। भूकम्पले धेरै भवनहरु तत्किएका छन्। तर, अहिलेसम्म भूकम्पबाट भएको क्षतिको विवरण भने नआएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। सरकारले भूकम्प गएको क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...