२०८३ बैशाख ९
April 22, 2026, Wednesday

कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

 

काठमाडौं : नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली टुंगिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सार्ने तयारी गरिरहँदा त्यसको असर ९ असोजका लागि तोकिएको पालिका अधिवेशनमा पनि पर्ने भएको हो ।

क्रियाशील सदस्यता नामावली टुंगिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सार्ने तयारी गरिरहँदा त्यसको असर ९ असोजका लागि तोकिएको पालिका अधिवेशनमा पनि पर्ने भएको हो । क्रियाशील सदस्यता छानबिन समिति सदस्य आनन्द ढुंगानाले १३ जिल्लामा वडा अधिवेशनसमेत धकेलिने भएपछि पालिका अधिवेशनसमेत केही दिन सर्ने जानकारी दिएका छन् । ‘१३ जिल्लामा केही दिनभित्रै वडा अधिवेशन हुन्छ, ९ भदौमा पालिका अधिवेशन तोकिए पनि ती जिल्लामा सोही मितिमा पालिका अधिवेशन सम्भव छैन,’ ढुंगानाले राजधानीसँग भने, ‘पहिले वडा अधिवेशन भएका जिल्लामा हुन्छ, अन्यत्र सर्छ ।’ उनका अनुसार प्रदेश २ का सबै जिल्लामा प्रायः सदस्यता विवाद समाधान भइसकेको छ ।

रौतहट र बाराको सदस्यता रुजु जारी छ । १४औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये मंगलबार सात जिल्लामा भने प्रक्रिया सुरु भइसकेको छ । काठमाडौं, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन प्रक्रिया सुरु भएको कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिएका छन् । यसअघि, ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । वडा अधिवेशन गत १८ भदौमा तोकिएको थियो ।

तर, सो मितिमा भने प्रक्रिया मात्रै सुरु भएको थियो । अब भने प्रदेश २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण पार्टी वेबसाइटमा सार्वजनिक गर्न बाँकी छ । महाधिवेशनअन्तर्गत गाउँ–नगरपालिका अधिवेशन ९ असोज, प्रदेशसभा क्षेत्रीय अधिवेशन १२ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १५ असोजका लागि तय गरिएको छ ।

त्यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १८ असोज, प्रदेश अधिवेशन १० देखि १२ कात्तिक र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म तय भएको छ ।

– राजधानी दैनिकमा प्रकाशित छ ।

 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन ६

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन ६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन ६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP