काठमाण्डौं : नेकपा एमाले स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा सोमबार दिउँसो १ बजे बस्दै छ । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र सांगठनिक प्रतिवेदनलाई अन्तिमरुप दिने छ । हिजोदेखि जारी बैठक आज दिउँसो १ बजे बस्ने एमालेले जनाएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा आइतबार प्रस्तुत राजनीतिक, सांगठनिक र विधान प्रतिवेदनमाथि छलफल जारी छ । उक्त तीन वटै प्रस्तावमाथि उपमहासचिव तथा तेस्रो धारका नेता घनश्याम भुसालले लिखित टिप्पणी राखेका छन् ।
आइतबारको छलफलमा नेताहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, अमृतकुमार बोहरा, केशव बडाल, डा पुष्प कँडेलले भाग लिनु भएको थियो । एमालेको विधान महाधिवेशन १५ देखि १७ असोजसम्म ललितपुरको गोदावरीमा हुने तय भएको छ । एमालेको केन्द्रीय कमिटीको गत २५ साउनमा सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णयका आधारमा तयार विधानको मस्यौदा प्रस्ताव मातहतका कमिटीमा सुझावका लागि पठाएको थियो ।
विधानमा पार्टीको प्रमुख पदमा उमेर हद, कमिटीमा निर्वाचन प्रणाली, सङ्घीयता अनुकूलका व्यवस्थामा छलफल भइरहेको जनाइएको छ । प्रतिवेदनमा स्थायी कमिटीका प्राप्त सुझावका आधारमा यही ८ र ९ असोजमा बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने जनाइएको छ । एमालेको १०औं राष्ट्रिय महाधिवेशन आगामी १० देखि १२ मंसिरमा हुने तय गरिएको छ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...