२०८३ बैशाख ४
April 17, 2026, Friday

योगासन गर्दा सावधानी अपनाउनुपर्ने १५ कुरा

योगासन गर्दा सावधानी अपनाउनुपर्ने १५ कुरा

काठमाण्डौं -व्यावहारिक हिसाबले शरीर, मन र भावनालाई सन्तुलित गर्ने र तालमेल मिलाइराख्ने एक साधन हो, योग । यस्तो योग आसन, प्राणायाम, मुद्रा बँध र षट्कर्म एवं ध्यानको अभ्यासबाट प्राप्त हुन्छ । योगले शरीरको अंग, मांसपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने काम गर्छ ।

शारीरिक एवं मानसिक उपचारमा योग सर्वाेत्तम विकल्प हो । यो यति शक्तिशाली एवं प्रभावकारी यसकारण हुन्छ कि, यसले सद्भाव र एकीकरणको सिद्धान्तमा काम गर्छ । मधुमेह, उच्च रक्तचाप, दम, युरिन एसिड, पाचन विकार, बाथ जस्ता रोगको नियन्त्रण एवं निदानका लागि योग अपरिहार्य छ । मानसिक तथा शारीरिक विकार हटाएर शरीरलाई स्वस्थ बनाउन योगले महत्वपूर्ण काम गर्छ ।

योगासन आफैंमा एउटा जटिल र महत्वपूर्ण क्रिया हो । शारीरिक एवं मानसिक तन्दुरुस्तीको लागि नियमित योगासन गर्नु अनिवार्य हुन्छ । तर योगासन भनेको अव्यवस्थित र विना योजना गर्ने अभ्यास भने होइन । यस्तो अवस्थामा यो घातक पनि हुन सक्छ । योजनाविहीन र कुनै प्रशिक्षकको सल्लाह विना नै यस्तो अभ्यास गर्दा यसले समस्या निम्त्याउन सक्ने भएकोले योगासनपूर्व केही कुरामा सावधानी अपनाउनुपर्ने हुन्छ ।

योगासनमा अपनाउनुपर्ने सावधानी : योगासन गर्नुपूर्व शौच, स्नान आदि निवृत्ति आवश्यक छ । प्रातः कालमा योगासन गर्नु अधिक लाभकारी हुन्छ । योगासन गरेपछि तुरुन्तै स्नान गर्नु उपयुक्त हुँदैन । पसिनालाई पंखामा नसुकाउनुहोस्, शरीरको ताप सामान्य नहुँदासम्म स्नान नगर्नुहोस् ।

योगासनको आधा घण्टापछि दूध, दलीय खाना, फल या अंकुरित अन्न थोरै भए पनि अवश्य लिनुहोस् । आसन एकान्त तथा धुलो, माटो वा धुलो रहित हुनुपर्छ । घरको छत, पार्क, नदीको किनार अथवा यस्तै खुल्ला ठाउँमा योग गर्नु उपयुक्त हुन्छ । जहाँ शुद्ध हावा आउने जाने भइरहन्छ । अधिक चिसोमा योगासन खुला कोठामा गर्न सकिन्छ ।

आसन गर्ने समयमा वस्त्र थोरैभन्दा थोरै शरीरमा खुल्ला आलको हुनुपर्छ । समतल भूमिमा बाक्लो कम्मल, बाक्लो दरी राखेर आसन तयार पार्नुहोस् । खाली भूमिमा केही पनि नबिछ्याइ आसन तयार नपार्नुहोस् । जसले शरीरमा हुनेवाला विद्युत् प्रवाह नष्ट हुँदैन ।

सास मुखले नलिएर नाकले लिनुपर्छ । आसन गर्ने समयका साथ जबरजस्ती नगर्नुहोस् । अतः धैर्यपूर्वक आसन गर्नुहोस् । आसनको पूर्व थोरै ताजा जल पिउनु लाभदायक हुन्छ । अक्सिजन र हाइड्रोजनमा विभाजित भएर सन्धि स्थानको मल निकाल्नमा पानी सहायक हुने गर्छ ।

आसनको स्थितिमा श्वासप्रश्वासको विशेष ध्यान राख्नुहोस् । आसन गर्दा जति समय सहजताका साथ गर्न सक्नुहुन्छ त्यति समय गर्नुहोस् । आसन नियमित तथा एकाग्रचित्त राखेर गर्नुहोस् । रुग्णावस्थामा कुशल योग शिक्षकको रेखदेख आवश्यक पर्छ । भोजनको चार घण्टापछि मात्रै आसन शुरु गर्न सक्नुहुनेछ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ भाद्र ३१

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ भाद्र ३१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ भाद्र ३१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP