पछिल्लो समय सामाजिक सञ्जालमार्फत आर्थिक ठगी गर्ने क्रम बढिरहेको भन्दै नेपाल प्रहरीले सम्बन्धित सबैलाइ सचेत रहन अनुरोध गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले एक विज्ञप्ति निकालेर प्रविधिको दुरुपयोग गरि हुने ठगीबाट बच्नका लागि सामाजिक सञ्जालमा आउने भ्रामक कुरामा विश्वास नगरि सतर्कता अपनाउन अनुरोध गरेको हो ।
केही समयदेखि केही व्यक्ति तथा आपराधिक समूहले सामाजिक सञ्जालमार्फत चिट्ठा परेको भन्दै चिट्ठाबापतको रकम पाउनका लागि कर चुक्ता गर्न रकम चाहिने भएकाले बैङ्क तथा अनलाइनमार्फत पैसा जम्मा गर्न लगाइ ठगी गर्ने प्रवृति बढिरहेको प्रहरीले जनाएको छ । चिट्ठा परेको भन्दै पैसा मागेमा तुरुन्तै प्रहरीमा खबर गर्न पनि ब्युरोले आग्रह गरेको छ ।
यस्तै विभिन्न व्यक्तिका फेसबुक ह्याक गरी फेसबुक प्रयोगकर्ताका आफन्त र साथीभाइलाई पैसा पठाउन अनुरोध गरेर ठगी गर्ने क्रम पनि बढिरहेको प्रहरीको भनाइ छ । परिवारकै सदस्य या साथीभाइले नै सामाजिक सञ्जालको माध्यमबाट पैसा मागे पनि एक पटक फोन गरेर पक्का गरेपछि मात्रै पैसाको कारोबार गर्न पनि साइबर ब्युरोको अनुरोध छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...