काठमाण्डौं : प्रदेश १ मा नेकपा एमालेका सचिव भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । कुनैपनि बेला सरकार ढल्ने अवस्था छ । तैपनि, आचार्यले बुधबार मन्त्रिमण्डल विस्तार गरेका छन् ।
उनले दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका छन् । मन्त्री भएकाहरुमा आर्थिक मामलामा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्थामा हिरा थापा छन् ।लीलावल्लभ अधिकारीले आन्तरिक मामला, भूमि व्यवस्थामा ज्ञानेश्वर राजवंशी र उद्दोगमा उत्तमकुमार बस्नेतले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । शेरधन राईले राजीनामा गरेपछि भीम आचार्य मुख्यमन्त्री बनेका थिए । तर, नेकपा एमाले विभाजनपछि प्रदेश १ को सरकार अल्पमतमा परिसकेको छ । यसैगरी, २२ असोजमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने भएका छन् । उनले त्यसका लागि प्रदेश १ सरकारमार्फत् २२ असोजमा प्रदेश सभा अधिवेशन बोलाउने निर्णय गरेका छन् ।
प्रदेशसभामा एमाले विभाजन पश्चात बहुमत गुमेको छ । ९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एसका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ सांसद छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...