काठमाण्डौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धनमा रहेको साथै आफूहरुले पनि संविधान, राष्ट्रियता र गणतन्त्रका पक्षमा हुनेहरूसँग मोर्चा बनाएको बताएका छन्।
उक्त गठबन्धनले प्रतिक्रान्ति रोक्ने, प्रतिगमन हुन नदिनेसमेत उनले बताए। नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धनमा छन्।
आज आयोजित पोष्टबहादुर बोगटीको सातौं स्मृति सभामा उनले भने, ‘गठबन्धनको तहबाट फेरि हामी दुई तिहाइकै सरकार बनाउनबाट बन्चित भएका छैनौं।’ उनले गठबन्धन बच्यो भने चुनावपछि फेरि पनि सरकार बन्ने बताए। जनताले अब कुरा बुझिसकेकोले आफूलाई बदल्दै अगाडि बढ्नुपर्ने पनि उनले बताए। ‘संगठन संरचना र विचार देशैभरि पुर्याएर जाने हो भने यो पार्टी फेरि पनि एक नम्बरको पार्टी बन्छ। शान्ति प्रक्रियामा आउनेवित्तिकै हामीलाई पाँच सात सिट आउँछ भनेका थिए, एक नम्बरको पार्टी भयो,’ उनले भने।
साथै प्रचण्डले यतिधेरै सरकारमा सहभागी भएर एक सय जनाभन्दा धेरैलाई माओवादीले मन्त्री बनाए पनि देशको नेतृत्व राम्रोसँग गर्न भने नपाएको उल्लेख गरेका छन्। उनले रूपान्तरण हुने हो भने फेरि माओवादी सरकार बनाउने गरी देशकै एक नम्बरको पार्टी हुने उनले बताए।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...