काठमाडौं: आज देखि नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँग मिलेर ‘ मंगलबारबारे ‘नमस्ते-पे’ मोबाइल वालेट सेवा सुरु गर्ने भएको छ ।
मोबाइलबाटै वित्तीय सेवा दिनका लागि नमेस्ते पे’सेवा सुरु गरेको नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले ‘जानकारी दिए ।
अधिकारीका अनुसार यूएसएसडी र इन्टरनेटमा आधारित मोबइल एप्सबाट नमस्ते पेको सेवा लिन सकिनेछ । ‘मोबाइलबाटै अनलाइन कारोबार गर्न सकिने भएकाले नेपाली जनताका लागि यो नयाँ अनुभव हुनेछ,’ उनी भन्छन्, ‘डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन र क्यासलेस सोसाइटीको परिकल्पनालाई साकार पार्ने र वित्तीय पहुँच विस्तार गरी सुशासन र वित्तीय कारोबारमा पारदर्शिता कायम गर्न पनि यसले महत्वपूर्ण योगदान दिनेछ ।
टेलिकमसँग ठूलो नेटवर्क र करोडभन्दा बढी ग्राहक छन्, । धेरै नागरिकमा बैंकिङ पहुँच नपुगेको अवस्थामा टेलिकमबाटै यो प्रविधि चलाएपछि एउटा ठूलो मासमा पुग्न सकिने कम्पनीको विश्वास छ ।
राष्ट्र बैंकको भुक्तानी सेवा प्रदायक -पेमेन्ट सर्भिस प्रोभाइडर) का रुपमा दूरसञ्चार कम्पनीहरुले काम गर्नसक्ने व्यवस्था अनुसार मोबाइल वालेट, डिजिटल वालेट वा ई-वालेट नामबाट भुक्तानी दिन सक्ने कानुनी व्यवस्था छ । जसअनुरुप नमस्ते-पे’ मोबाइल वालेट सेवा सुरु गर्न सम्भब भएको हो l
टेलिकमकै मोबाइलबाट पेमेन्ट सुविधा सुरु भएमा नेपालमा पनि एकैपटक ठूलो समुदायसम्म मोबाइल बैंकिङ फैलिने अपेक्षा छ । पानी, बिजुली, टेलिफोनको बिल तिर्नेदेखि टिकटहरु काट्न, रकम ट्रान्सफर गर्न यो प्रविधि उपयोगी हुन्छ । टेलिकमको मोबाइलबाटै बैंकिङ सिस्टम अपरेट हुनसक्छ । माइक्रो इन्स्योरेन्स, लघुवित्त, सापटी लगायतका सुविधा पनि प्राप्त गर्न सकिन्छ । तर, टेलिकमले नेपालमा कस्ता-कस्ता सेवा दिन्छ भन्ने हेर्न बाँकी छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...