२०८३ बैशाख ९
April 22, 2026, Wednesday

‘काबुल छाड्नु जीवनको सबैभन्दा कठिन फैसला’: पूर्व राष्ट्रपति घानी

‘काबुल छाड्नु जीवनको सबैभन्दा कठिन फैसला’: पूर्व राष्ट्रपति घानी

काठमाडौँ: अफगानिस्तानी पूर्व राष्ट्रपति अशरफ गनीले अफगानिस्तानबाट आफूले पैसा लिएर नभागेको बताएका छन् । उनले काबुल छाड्ने निर्णय आफूले सुरक्षा अधिकारीहरुको सल्लाहका आधारमा लिएको पनि जनाएका छन् । काबुलमा शान्ति कायम राख्नका लागि आफूसँग अन्य कुनै विकल्प नभएपछि देश छाडेको पनि प्रस्ट पारेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो भनाइ राख्दै उनले लेखेका छन्, ‘तालिबानले काबुल कब्जामा लिएपछि १५ अगस्टमा अचानक काबुल छाडेकोमा मैले अफगान नागरिकसमक्ष सफाइ दिनु पर्दछ । मैले महलका सुरक्षा अधिकारीहरुको सुझावका आधारमा त्यहाँबाट हिँड्ने फैसला गरेको थिएँ ।’

उनले अलि पछि लेखेका छन्, ‘काबुल छाड्नु मेरो जीवनको सबैभन्दा कठिन फैसला थियो तर मलाई लाग्छ, बन्दुकहरुलाई शान्त राख्न र काबुलका ६० लाख नागरिकलाई बचाउने त्यही एक तरिका थियो,’ उनले भनेका छन्, ‘मैले अफगानिस्तानका नागरिकलाई एक लोकतान्त्रिक, समृद्ध र सम्प्रभु देश दिनका लागि आफ्नो जीवनको २० वर्ष खर्च गरेँ– मैले कहिल्यै पनि नागरिकलाई एक्लै छाड्नेबारे सोचेको थिइनँ ।’

उनले लाखौँ डलर लिएर भाग्यो भन्ने आरोपमा खण्डन गर्दै लेखेका छन्, ‘म र मेरी पत्नी हाम्रो खर्चका विषयमा इमानदार रह्यौं, मेरी पत्नीले आफ्नो पारिवारिक सम्पत्तिबाट जे प्राप्त भयो, त्यसको पनि जानकारी हामीले सार्वजनिक गरेका छौं,’ उनले भनेका छन्, ‘म संयुक्त राष्ट्रसंघ वा कुनै अर्को स्वतन्त्र संस्थाबाट अडिट गराउन तयार छु, मेरो निकट रहेका व्यक्ति पनि पैसासँग जोडिएका सम्पूर्ण जानकारीको अडिट गराउन तयार छन् र म सबै पूर्व राजनेता र अधिकारीहरुलाई यस्तै गर्न आग्रह गर्छु ।’

उनी १५ अगस्टमा तालिबान लडाकुले काबुलमा घेराबन्दी गरेपछि गनी अचानक देश छाडेर भागेका थिए । त्यतिबेला उनी कहाँ गए भन्नेबारे कुनै जानकारी थिएन । पछि गनी स्वयंले आफू युएई पुगेको जानकारी दिएका थिए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ भाद्र २४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ भाद्र २४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ भाद्र २४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP