काठमाडौं पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै यहि अवधिमा संक्रमणबाट १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
९ हजार ७६७ पीसीआर परीक्षण गर्दा १ हजार ३४७ जना र ३ हजार ६८८ एन्टिजेन परीक्षण गर्दा २९३ गरी १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार १६१ जना निको भएका छन् । बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७३ हजार ५२९ पुगेको छ । तीमध्ये १० हजार ८८९ जनाको मृत्यु भएको छ भने ७ लाख ३३ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ जना रहेका छन् । जसमध्ये २७ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४८८ जना आईसीयू र १४० जना भेन्टिलेटरमा उपचाररत् छन् । १० वर्ष मुनिका २७ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्षम उमेर समूहका १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसारका सबैभन्दा धेरै काठमाडौंमा ३४९, ललितपुरमा १५०, मोरङमा १३८, कास्कीमा १३२, सुनसरीमा ७५ र झापामा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...