कोशीपारी अनलाईन संवाददाता /काठमाण्डौं
भाद्र १७, २०७८
चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो एक महिनामा जीवन बीमा कम्पनीहरुले १६ अर्ब ६१ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको पहिलो एक महिनामा १३ अर्ब ४ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका थिए । गत वर्षको यहि अवधिमा कम्पनीले २७ दशमलब ३८ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले पनि चालु आर्थिक वर्षको पहिलो महिनामा २ अर्ब ९९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । गत वर्षको एक महिनामा २ अर्ब ७० करोड रुपैयाँ संकलन गरेका थिए । गत वर्षको तुलनामा १० दशमलब ७४ प्रतिशतले सुधार भएको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले भने १९ अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।
साउन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ८० लाख ९ हजार वटा पोलिसी बिक्री गरेका छन् । गत वर्षको साउन महिनाको तुलनामा जीवन बीमा पोलिसी संख्या १३.४३ प्रतिशतले बृद्धि भएको हो । बैदेशिक रोजागारीमा जानेहरुले खरिद गर्ने बीमालेख भने ३२.९० प्रतिशतले बृद्धि भएको छ । कोभिड १९ का कारण बैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमि आए सँगै यस्तो बीमालेख संख्या पनि घटेको हो । साउन मसान्तसम्ममा यस्तो बीमा लेख ५ लाख ७७ हजार वटा रहेको छ । गत वर्षको साउन महिनामा ८ लाख ६० हजार वटा थियो ।
बीमा समितिका अनुसार बीमाको दायरामा आएको जनसंख्या २४.९९ प्रतिशत रहेको छ । गत वर्षको साउन महिनामा २२.३१ प्रतिशत थियो । बैदेशिक रोजगारीमा गएका नेपालीहरुले खरिद गरेको बीमालेख लाई जोड्ने हो भने बीमाको पहुँच २६.८९ प्रतिशत रहेको समितिले जनाएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...