कोशीपारी अनलाइन संवाददाता / काठमाण्डौं
भाद्र १३, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा १३ सय ८८ जना कोरोनाको नयाँ संक्रमित थपिएका छन् भने कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ ।
पछिल्लो पटक नयाँ संक्रमितको संख्या केही घटेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार जनाको परीक्षण गर्दा करिब १४ प्रतिशतमा संक्रमण पाइएको छ ।
थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा ३ सय १२ जना छन् । ललितपुरमा १ सय १४ र भक्तपुरमा ५२ जनासहित उपत्यकामा ४ सय ७८ संक्रमित थपिएका छन् ।
उपत्यका बाहिर कास्कीमा १ सय ७५ तथा मोरङमा १ सय १० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक २२ सय ६० जना संक्रमणमुक्त भएका छन् ।
सक्रिय संक्रमितको संख्या ३५ हजार ७ सय ९६ मा झरेको छ । यी मध्ये ६सय २५ जनाको आइसीयू र १ सय ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
संक्रमणबाट अहिलेसम्म १० हजार ७ सय १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...