२०८३ बैशाख ५
April 18, 2026, Saturday

साताको पहिलो दिन चम्कियो नेप्से, एकै दिन साढे १९ अर्बको कारोबार

साताको पहिलो दिन चम्कियो नेप्से, एकै दिन साढे १९ अर्बको कारोबार

३० जेष्ठ २०७८, कोशीपारी अनलाइन /काठमाडौं – साताको पहिलो दिन आइतबार नेप्सेमा उछाल आएको छ । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई संयमित रहन र कम्पनीहरुको वास्तविक अवस्था बुझेर मात्रै लगानी गर्न आग्रह गरेपछि पनि लगानीकर्ताहरुले लगानी गर्न छोडेका छैनन् । आइतबार एकै दिन हालसम्मकै सर्वाधिक १९ अर्ब ५५ करोडको शेयर खरिद बिक्री भएको छ ।

आइतबार मूल्य परिसूचक पनि उच्च अंकले बृद्धि भई नेप्से परिसूचक २९८३.११ को बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचक ३८.३२ अंकले बृद्धि भएको हो । कूल तीन करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर खरिद बिक्री भएको छ ।

आइतबार अरुण भ्याली हाईड्रोपावरको शेयर सबैभन्दा धेरै ६६ करोडको कारोबार भएको छ । नेपाल धितोपत्र बोर्डले नक्कली डिमाण्ड एण्ड सप्लाई रोक्न एओन भन्ने अप्सन बन्द गर्न नेप्सेलाई निर्देशन दिएपछि झनै कारोबारमा बृद्धि भएको हो ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ ३०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ ३०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ ३०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP