२० जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौ – नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) को चौथो राष्ट्रिय अधिवेशन आगामी जुन १९ शनिबार हुने भएको छ । महासंघको कार्यसमितिको गत मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । कोभिड–१९ र जारी राष्ट्रिय लकडाउनका कारण महाधिवेशन भर्चुअल रुपमै सम्पन्न हुने भएको छ ।
अध्यक्ष जंग सुनुवारको अध्यक्षतामा बसेको बैठकले चौथो महाधिवेशनको निर्वाचन गर्नका लागि भक्तबहादुर दुराको अध्यक्षतामा तीन–सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ । समितिको अन्य दुई सदस्यहरुमा महासंघका पूर्व अध्यक्ष थर्क राना र सल्लाहकार धर्म तामाङ रहेका छन् ।
एकेन्द्र गुरुङ संयोजक रहेको विधान समितिले यसअघि नै संघीय परिषदबाट पारित मस्यौदाहरु महाधिवेशनमा अनुमोदनको लागि पेश गर्ने तयारी गरेको छ
यसै बीच, नेफिन यूकेका अध्यक्ष जंग सुनुवारले हाल नेपालमा उत्पन्न स्वास्थ्य संकटसंग जुध्न नेफिन नेपालले गरिरहेको अभियानमा साथ दिन बेलायतवासी सबै आदिवासी जनजातिहरुलाई आब्ह्वान गरेका छन् । महासंघले हालै उपाध्यक्ष लिला सेलिङ माबोको संयोजकत्वमा कोभिड–१९ रिलिभ फण्डका लागि आर्थिक संकलन गरिरहेको जानकारी दिएका छन् । 
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...