२०८३ बैशाख ५
April 18, 2026, Saturday

कोपा अमेरिकाको उद्घाटन खेलमा ब्राजिल र भेनेज्वेला भिड्ने

कोपा अमेरिकाको उद्घाटन खेलमा ब्राजिल र भेनेज्वेला भिड्ने

२० जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/ काभ्रे/ दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकाको उद्घाटन खेलमा घरेलु टिम तथा साविक विजेता ब्राजिलले भेनेज्वेलासँग खेल्ने भएको छ । १३ जुनमा हुने प्रतियोगिताको उद्घाटन खेल ब्राजिलिया स्टेडियममा हुनेछ ।

दुई समूहमा विभाजन गरिएको प्रतियोगिताका समूह ‘ए’मा अर्जेन्टिना, चिली, बोलिभिया, पराग्वे र उरुग्वे रहेका छन् । समूह ‘बी’ मा ब्राजिल, भेनेजुयला, कोलम्बिया, इक्वेडर र पेरु छन् ।

ब्राजिलले चार स्थान पक्का गर्दै सन् २०२१ को कोपा अमेरिका आयोजना गर्न आफूहरू तयार भएको जनाएको हो । मङ्गलबार ब्राजिल फुटबल महासङ्घका सदस्य लुइज रामोसले रियो द जेनेरियो, ब्राजिलिया, माटो ग्रोस्सो र गोयास गरी चार रङ्गशालामा कोपा अमेरिका आयोजना हुने पुष्टि गरेका हुन् ।

दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका ब्राजिलमा आयोजना हुने जानकारी दिएको हो । यसअघि कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा संयुक्त आयोजना हुने तय थियो ।

कोलम्बियाले राजनैतिक अस्थिरताका कारण नगर्ने जनाएपछि अर्जेन्टिनामा हुने तय भएको थियो । तर यस्तै सोमबार मात्रै कन्मेबोलले कोरोना भाइरसको महामारीको कारण अर्जेन्टिनामा कोपा अमेरिका आयोजना नहुने जनाएको थियो ।

त्यसपछि कन्मेबोलले अन्य राष्ट्रहरूसँग छलफल गरी ब्राजिलमा हुने टुङ्गो लगाएको हो । अघिल्लो संस्करको कोपा अमेरिका ब्राजिलमै भएको थियो । जसको उपाधि ब्राजिलले नै उचालेको थियो ।

सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना महामारीका कारण एक वर्ष पछि धकेलिएको हो । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने कन्मेबोलले जनाएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ २०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP