२० जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौ : आगामी आर्थिक वर्षका लागि राष्ट्रिय गौरवका आयोजनालाई ८३ अर्ब बजेट विनियोजन भएको छ।
भौतिक पूर्वाधाकारका दुई दर्जन आयोजनामा ८३ अर्ब ८ करोड बजेट विनियोजन गरिएको हो।यो चालु वर्षको तुलनामा १० अर्ब न्यून हो।
माथिल्लो तामाकोशी र मेलम्ची खानेपानी आयोजना यही वर्ष सम्पन्न हुने भएमकाले बजेट केही घटेको सरकारले बताएको छ।
आगामी वर्षका लागित विनियोजन भएको यो रकम कूल पुँजीगत विनियोजनको २२ प्रतिशत हो। राष्ट्रिय गौरवका आयोजनाहरुको सूचीमा विमानस्थल, जलविद्युत,सिंचाइ तथा सम्पदाहरु रहेका छन्।
आगामी वर्षका लागि सबैभन्दा धेरै बजेट विनियोजन एमसिसीका आयोजनामा भएको छ। यसमा ९ अर्ब १० करोड बजेट रहेको छ। त्यस्तै रेल तथा मेट्रोका लागि ८ अर्ब ९३ करोड छ भने काठमाडौं-तराइ द्रुतमार्गका लागि ८ अर्ब ९३ करोड छ। त्यस्ते पोखरा विमानस्थलाई साढे आठ अर्ब बजेट विनियोजन गरिएको छ।
कुन आयोजनामा कति बजेट ? 
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...