२० जेष्ठ २०७८, कोशीपारी अनलाइन सम्बाददाता /काभ्रे : चौरीदेउराली गाउँपालिका वडा नम्बर ३ सलम्बुमा तामाङ चिकित्सक समाज, नेपाल तामाङ घेदुङ र बोधिसत्व बिहारको संयुक्त आयोजनामा स्वस्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । धुलिखेल अस्पतालको शाखा अस्पताल सलम्बुमा स्वास्थ्य परिक्षण, होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य परामर्श, कोभिड एन्टिजेन टेस्टिङ एवं विभिन्न स्वास्थ्य सामग्रीहरु वितरण गरेका छन् । हिजो बुधबार भएको स्वास्थ्य परिक्षणमा जम्मा ९० जनाको कोरोना परिक्षण गर्को थियो जसमध्ये १६ जनामा कोरोना संक्रमण देखिएको जनाएका छन् । सहभागीहरुलाई स्वास्थ्य परिक्षणको साथमा विभिन्न स्वास्थ्य सामाग्रीहरु एवं स्वास्थ्य जनचेतना मुलक प्रचारप्रसार सामाग्रीहरु समेत वितरण गरिएको जानकारी प्राप्त भएको छ । यस कार्यक्रमलाई सर्थकता तुल्याउन सहयोग पुर्याउनुहुने चिकित्सक, जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतका महानुभवहरु प्रती तामाङ चिकित्सक समाजले धन्यवाद ज्ञापन गरेका छन् । 

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...