१४ जेष्ठ २०७८, कोशीपारी अनलाइन /काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले दिउँसो ४ बजे सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले सिंहदरबारबाट शुक्रबार अपरान्ह सम्बोधन गर्न लागेका हुन् ।
सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेका बेला प्रधानमन्त्रीको सम्बोधन त्यसै विषयमा केन्द्रित हुने बताइएको छ । पछिल्लो समय विभिन्न क्षेत्रबाट सरकारलाई अध्यादेशबाट बजेट नल्याउन सुझाव आइरहेको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...