२०८३ बैशाख ५
April 18, 2026, Saturday

निर्वाचनको तयारी थल्दै सरकार, प्रधानमन्त्री ओलीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

निर्वाचनको तयारी थल्दै सरकार, प्रधानमन्त्री ओलीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

प्रधानमन्त्रीले महामारीको कारण चुनाव रोकिन नहुने र चुनावको कारण महामारी फैलनु नहुने बताउनुभयो

८ जेष्ठ २०७८, कोशीपारी अनलाइन /काठमाडौं– सरकारले प्रतिनिधि सभा विघटन भएसँगै घोषणा भएको निर्वाचनको तयारी सुरु गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नै निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार प्रधानमन्त्रीले निर्वाचनको मितिबारे औपचारिक जानकारी आयोगलाई गराउनुभएको छ । प्रधानमन्त्रीले महामारीको कारण चुनाव रोकिन नहुने र चुनावको कारण महामारी फैलनु नहुने बताउनुभयो ।

थपलिया अनुसार प्रधानमन्त्रीले निर्वाचन आयोगलाई तयारी सुरु गरिहाल्न आग्रह गर्दै आवश्यक प्रबन्ध सरकारले गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले महामारीमा बीचमा पनि केही देशहरुमा चुनाव भएको स्मरण गर्दै ती देशहरुले कसरी निर्वाचन गराए त्यसको अध्ययन गर्न भन्नुभएको छ ।

आयोगका तर्फबाट प्रमुख आयुक्त थपलियाले समय प्रयाप्त रहेकाले आफूहरु निर्धारित समयमा नै निर्वाचन गराउन सफल हुने बताउनुभएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ ८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ ८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ ८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP