७ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौँ — नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूको बैठक बसिरहेको छ ।
पछिल्लो राजनीतिक घटना क्रमका विषयमा सिंहदरबारस्थित संसद् सचिवालयलको सार्वजनिक लेखा समितिको हलमा बैठक जारी रहेको सांसद झपट रावलले जानकारी दिए ।
उनका अनुसार शुक्रबारको बैठकमा माधव नेपाल, भीम रावल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, विरोध खतिवडालगायत २० भन्दा बढी सांसदको उपस्थिति रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका कारण दलहरुको भेटघाट र छलफल तीव्रता पाएका छन् । बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको थियो । उक्त बैठकमा पनि एमालेको माधवकुमार नेपाल समूहका नेताहरूको पनि सहभागी थियो । कांग्रेस र माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितको विपक्षी गठबन्धनको बैठक आगामी रणनीतिका विषयमा कुरा नमिलेपछि आजै ३ बजे सिंहदरबारमा संयुक्त रूपमा बस्ने सहमति भएको छ । संयुक्त बैठकअगाडि नेपाल पक्षका सांसदहरुको बैठक बसेको हो ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...