२०८३ बैशाख ५
April 18, 2026, Saturday

प्रधानमन्त्रीले बिश्वासको मत नपाउने, संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउने प्रक्रिया अघि बढाउन माग गर्दछु :- देउवा

प्रधानमन्त्रीले बिश्वासको मत नपाउने, संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउने प्रक्रिया अघि बढाउन माग गर्दछु :- देउवा

२७ बैशाख २०७८, कोशीपारी अनलाइन/ काठमाडौ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउने प्रक्रिया अघि बढाउनु पर्ने माग गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत लिन बोलाइएको प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने भएकाले अब संविधानअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउने प्रक्रिया अघि बढाउन माग गरेका हुन्।

संविधानको धारा ७६ मा सरकार गठनसम्बन्धी व्यवस्था छ। उक्त धाराको उपधारा २मा संसदका दुई वा दुईभन्दा बढी दलले बहुमतको सरकार बनाउन सक्ने व्यवस्था छ। संसद बैठक सुरू हुनुअघि सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाउने र त्यसपछि आफूहरूले बहुमतको सरकार बनाउने समझदारी गरेका थिए।   

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ बैशाख २७

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ बैशाख २७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ बैशाख २७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP