२०८३ बैशाख ५
April 18, 2026, Saturday

रास्ट्रपति-नेपाल भेटवार्ता, राष्ट्रपतिलाई माधव नेपालको जवाफ : ओली एक्लै चल्ने, मलाई दोष ?

रास्ट्रपति-नेपाल भेटवार्ता, राष्ट्रपतिलाई माधव नेपालको जवाफ : ओली एक्लै चल्ने, मलाई दोष ?

२४ बैशाख २०७८, कोशीपारी अनलाइन /काठमाडौं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता जोगाउन पहल अध्यक्ष केपी शर्मा ओलीबाट हुनुपर्ने बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि बिहीबार साँझ शीतल निवास पुगेका नेता नेपालले ओलीकै कारण एमाले यो अवस्थामा आइपुगेको बताएका हुन् ।

बिहीबार दिउँसो ओलीसँग भेटवार्ता गरेपछि राष्ट्रपति भण्डारीले नेता नेपाललाई फोन गरेकी थिइन् । अध्यक्ष केपी ओली र माधव नेपाललाई सँगै राखेर डिनरसहित कुराकानी गराउने योजना राष्ट्रपति भण्डारीले फोन गरेको नेता नेपाल निकट स्रोतले बतायो ।

‘तर बाहिर भ्रम पार्नेगरी मात्रै सँगै बस्ने कुराको अर्थ नहुने’ नेपालको जवाफ पछि राष्ट्रपति भण्डारीसँग छुट्टै कुराकानी भएको थियो । ‘धेरै लामो कुराकानी भएन । भएकै कुराकानी ठोस थिएन’, स्रोतले भन्यो ।

राष्ट्रपति भण्डारीले नेता नेपालसँग पार्टी एकता जोगाउन पहल नलिएको गुनासो गरेकी थिइन् । ‘तपाईं सिनियर नेता हुनुहुन्छ । तर पार्टी जोगाउनेगरी पहल लिनु भएन’, राष्ट्रपतिले नेता नेपालसँग पार्टी एकता जोगाउनेगरी पहल लिइदिन आग्रह गरेकी थिइन् ।

स्रोतका अनुसार नेता नेपालले उल्टै ‘केपी ओली एक्लै चल्ने अनि मलाई दोष दिएर हुन्छ ?’ भनी प्रश्न गरेका थिए । ओली पार्टी अध्यक्ष भएकाले एकताको पहल पनि उनले नै गर्नुपर्ने नेता नेपालले बताएका थिए । ‘म पार्टी प्रमुख हुँदा कहिल्यै यस्तो गरेको थिएँ ? मिलाएकै थिएँ’, नेता नेपालले राष्ट्रपतिसँग गरेको कुराकानीबारे स्रोतले भन्यो ।

नेता नेपालले २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्वमा फर्किनुपर्ने आफ्नो बटमलाइन भएको बताए । ष्ट्रपति भण्डारीले भने मिलेर जाने वातावरण बनाउन आग्रह गरिन् । गएको २८ फागुनमा अध्यक्ष ओलीले आफूनिकट नेताहरुको बैठकले पार्टी विधान संशोधन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि माधव नेपाल समूहले पनि समानान्तर गतिविधि गर्दै आएका छन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ बैशाख २४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ बैशाख २४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ बैशाख २४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP