२०८३ बैशाख ५
April 18, 2026, Saturday

नेपालमा एकैदिन हालसम्मकै उच्च ८६५९ जनामा कोरोना सङ्क्रमण पुष्टि, ५८ जनाको मृत्यु

२२ बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता /काठमाडौ नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा एकै दिन सबैभन्दा धेरै जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार छ सय ५९ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमका अनुसार आठ हजार छ सय पाँच पिसिआर परीक्षणमार्फत कोरोना पुष्टि भएको हो । यस्तै ५४ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो । यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ६६ हजार तीन सय ५२ पुगेको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ बैशाख २२

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ बैशाख २२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ बैशाख २२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP