२० बैशाख २०७८, कोशीपारी अनलाइन /काठमाडौ



“तामाङ भाषा, भेषभुषा, धर्म, कला, संस्कार र संस्कृतिको संरक्षण गरौ, ताम्सलिङ प्राप्तिको लागि एक जुट होऔ” । भन्ने मुल नाराका साथ नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा “नेपाली राष्ट्रिय तामाङ मातृभाषा तथा संस्कृतिको मौलिक वर्तमान स्थिति, संभावना र भावी चुनौती” बिषयक अन्तर्राष्ट्रिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिजो १९ बैशाख २०७८ तदानुसर 2 May 2021 मा भएको भर्चुअल अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्तको रुपमा नेपाल तामाङ घेदुङका सल्लाहकार एवं भाषाविद अमृत योन्जन हुनुहुन्थ्यो भने प्रमुख अतिथिको रूपमा नेपाल तामाङ घेदुङ केन्द्रका संघीय उपाध्यक्ष कुमार घिसिङ, घेदुङका महासचिव बाबू घिसिङ, नेपाल जनजाती महासंघ इजरायलकि अध्यक्ष पेम्बा डोल्मो ह्योल्मो, घेदुङ लगायत अन्य संघ संस्थाका अन्य ब्यक्तिहरु, विभिन्न संस्थाका पदाधिकारीहरु एवं अन्य ब्यक्तिहरुको उपस्थिति रहेको थियो । नेपाल तामाङ घेदुङ इजरायलका अध्यक्ष सीता कुमारी घिसिङ तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख वक्तको रुपमा रहनुभएका भाषाविद अमृत योन्जनले अन्तरक्रियाको बिषयवस्तुमा केन्द्रित रहेर तामाङ जातिको वर्तमान स्थिती, चुनौती र संभावना लगायतका बिषयमा महत्त्वपूर्ण भनाईहरु राख्नु भएको थियो । उहाँले नेपालमा तामाङको स्थिती ५ औ स्थानमा रहेको, नेपालमा तामाङ जातिको उपस्थिति १५,३९,८३०(५.८१%) , नेपालमा तामाङ भाषा वक्त १३,५३,३११ (५.११%), तामाङ भाषा बिर्सेकाको जनसंख्या १,८६,५१९(१२.११%) रहेको साथै प्रदेशहरु मध्ये तामाङको घानावस्ती बागमती प्रदेश रहेको जहाँ ११,०९,२५०(२०.०५%), तामाङ भाषा वक्त १०,१२,८६९(१८.३२%) र तामाङको उपस्थिति ७२.०३% रहेको रेकर्ड प्रस्तुत गर्नुभएको थियो । उहाँको अनुसार नेपाल बाहेक तामाङहरुको भारत, भुटान र वर्मामा बाक्लो बासोबास रहेको पाइन्छ । मुलतः सन १८१६ पछि भारतको सिक्किम, पश्चिम बाङ्गल (दार्जीलिङ, कालिङ्पोङ), असाम, नागालैड, मणिपुर आदि राज्यमा तामाङ पुगेको इतिहास रहेको पाइन्छ भने सन १९५० पछि बेलायत, युरोप, अमेरिका र अस्ट्रेलियामा समेत तामाङहरुको बसोबास रहेको पाईन्छ । उहाँले हामी तामाङ सङ्ग अथाह पुर्ख्यौली विरासत रहेको तर अहिलेको सन्ततिहरुले चिन्न नसकेको समेत बताउनु भयो । हामी सङ्ग जाती, भाषा, भूगोल, इतिहास र संस्कृति रहेको भन्दै लाबोन, ताम्बा, गान्बा, चोहो, बोन्बो, लामा गरि ६ वटा परम्परागत संस्था रहेको समेत बताउनु भयो । त्यस्तै गरि ९ वटा पुर्ख्यौली सम्पदाहरु रहेको र धेरै अख्यानहरु रहेको बताउदै यसमा कसैले कसरी जगेर्ना गर्न सकिन्छ भन्ने चिन्तन नगर्दा दु:ख समेत व्यक्त गर्नुभयो भने अब कसरी यी हाम्रा तामाङ पुर्ख्यौली सम्पदा , इतिहास, संस्कृतिको संरक्षण, सम्बर्द्धन र जगेर्ना गर्न सकिन्छ त्यसमा सबैले ध्यान दिनुपर्ने समेत बताउनु भयो । त्यस्तै उहाँले तामाङ भाषाको प्रयोग क्षेत्र, प्रयोग र बिस्तारको बिषयमा बिस्तृत विवरण सहित राख्नुभएको थियो । साथै उहाँले चाडै नै तामाङ पुस्तकालय तथा तामाङ संग्रहालयको स्थापना गर्ने जानकारी समेत गर्नु भएको थियो भने अन्य सहभागी वक्तहरुले पनि तामाङहरुको आफ्नो छुट्टै जाती, भाषा/ लिपि, भुगोल, इतिहास तथा आफ्नो छुट्टै संस्कृति रहेको र आजको पुस्ताले ती पुर्ख्यौली सम्पदा, इतिहासको संरक्षण सम्बर्द्धन गर्नुपर्नेमा जोड दिनु भएको थियो । तामाङ भाषाको प्रयोग आफु, आफ्ना परिवार सन्तान र समाजमा समेत बिकास गर्दै लैजानुपर्ने सबै तामाङ समुदाय मिलेर अघि बढ्नुपर्ने धारणा राख्नु भएको थियो । मन्तव्यको क्रममा नेपाल तामाङ घेदुङका महासचिव बाबू घिसिङले पनि प्रमुख वक्तको भनाईबाट सबैकुरा प्रष्ट भएको बताउदै नेपाल तामाङ घेदुङले अहिले स्थानिय सरकारहरुको बिचमा सहकार्य गरि स्थानिय भाषाको रूपमा तामाङ मातृभाषाको लागि ३४ वटा पालिकामा पाठ्यसामग्री बिस्तार गरि पठनपाठन गर्ने बताउदै अहिलेसम्म ४ वटा पालिकामा तालिम सकिएको, ४ वटा पालिकामा सम्झौता भै सकेको र अन्यमा चाडै नै सम्झौता गरि तामाङ भाषाको पठनपाठन कार्यक्रम बिस्तार गर्ने बताउनु भएको थियो । त्यस्तै गरि उहाँले अबको जनगणना २०७८ मा पुर्ख्यौली भाषा/ मातृभाषा तामाङ नै लेख्नुपर्नेमा समेत जोड दिनुभयो । साथै उहाँले विभिन्न राजनीतिक दबाबका कारणले गर्दा नेेेपाल तामााङ घेदुङले तामाङ समुदायको मुल मुद्दामा केन्द्रित रहेर काम गर्न नसकेको समेत स्विकार्दै अगामी दिनमा हाम्रो तामाङ समुदायमा एकताबद्द गरि तामाङ जातिको उत्थानमा अघि बढ्नुपर्ने समेत बताउनु भयो । अन्तरक्रिया कार्यक्रमना विभिन्न ब्यक्तिहरुको जिज्ञासा, टिप्पणी र प्रश्नको प्रमुख वक्त अमृत योन्जन तथा अन्य वक्तहरुले उत्तर दिनुभएको थियो । कार्यक्रम नेपाल तामाङ घेदुङ इजरायलका महासचिव निङमा घिसिङ तामाङ, सचीव कुमारी ग्यल्तेन तामाङ एवं सहसचिव सुुुुनिल रुम्बा तामाङले सञ्चालन गर्नुुुभएको थियो । नेेपाल, इजरायल लगायत अन्य विभिन्न देेेशबाट समेत गरि कुल ५३ जनाको भन्दा बढिको सहभागिता रहेको उक्त भर्चुअल अन्तरक्रिया कार्यक्रम निक्कै प्रभावकारी, सन्दार्भिक र महत्त्वपूर्ण रहेको सहभागीहरुले बताए । कार्यक्रमका सभापति घेदुङ इजरायलका अध्यक्ष सीता कुुुमारी घिसिङ तामाङले कार्यक्रममा अत्यन्तै महत्त्वपूर्ण विषयमा अन्तरक्रिया, छलफल भएकोमा खुशी व्यक्त गर्नुहुुँदै कार्यक्रमले तामाङ समुदाय भित्रको धेरै कुराहरु जानकारी भएको सुनाउदै आफ्नो अमुल्य समय कार्यक्रम अवधीभर दिइ सहयोग गर्नु भएकोमा प्रमुुख वक्त, प्रमुुख अतिथी, विशिस्ट अतिथीहरु, लगायत कार्यक्रममा सहभागी सम्पुर्णमा संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...