१५ बैशाख, २०७८ /कोशीपारी अनलाइन सम्बाददाता काठमाडौ नेपालमा अहिले कोरोनोको दोस्रो लहरको चलिरहेको छ । दिनहुँ संक्रमितको संख्या बढेको छ ।
पहिलो लहरको महामारीमा भन्दा अहिले कोरोना ७० प्रतिशत बढी संक्रामक भएको चिकित्सकहरुले बताएका छन् । कोरोना संक्रमितलाई अक्सिजन कमि हुनु निकै ठुलो समस्या हो । कोरोना भाइरसको नयाँ भेरियन्टले स्वाँसप्रस्वास निकै समस्या आइरहेको बताइएको छ।
कोरोना संक्रमित हुनेहरुको अक्सिजन लेभल घटेर ज्यानसमेत गइरहेको छ। स्वाँसप्रस्वासमा समस्या आइहाले तत्काल के गर्न सकिन्छ ? विज्ञहरुले सुझाएका उपायबारे चर्चा गरेका छाैँ ।
– विज्ञका अनुसार स्वाँस प्रस्वासमा समस्या आए ग्याँस सिलिन्डर, ग्यास स्टोभ, मैनबत्ति, ग्यास हिटरभन्दा कम्तिमा ६ फिट टाढै बसौं ।
– पेन्ट थिनर, एरयोसोल, क्लिनिङ फ्लुजस्ता फ्लेमेबल प्रोडक्टहरु प्रयोग नगरौं। त्यस्तै पेट्रोलियम, आयल, ग्रीस बेस्ड क्रिम वा भ्यासलिनजस्ता क्रिमहरुको पनि प्रयोग नगरौं।
-धुम्रपान नगरौं। धुम्रपान गर्नेहरुबाट पनि टाढौं बसौं। त्यस्तै घरमा प्रयोग हुने विभिन्न केमिकल वा अगरबत्तिको धुँवाबाट पनि टाढै बसौं।
– यदि तपाइँले अक्सिजन कन्सनटेटर्सको प्रयोग गर्नुहुन्छ भने घरका झ्याल ढोका खुलौं राखौं। यसले आसपासका हावाबाट अक्सिजन बनाउने हुँदा बसेको ठाउँमा ताजा हावा आउन जरुरी हुन्छ।
– रुख विरुवाहरु मानिसभन्दा ठीक विपरीत हुन्छ। तिनीहरुले कार्बल अक्साइड लिएर अक्सिजन फाल्ने गर्छ। त्यही भएर तपाइँ होम क्वारेन्टीनमा हुनुहुन्छ भने कोठामा ग्रिन प्लान्टहरु राख्नुहोस्।
– यस्तो बेला शरीरलाई डहाइड्रेड हुन नदिनुस्। पर्याप्त पानी खानुहोस्। पानीको वैज्ञानि सुत्र एच टु ओ हो, ओ को मतलब अक्सिजन हो। यसले शरीरमा अक्सिजनको मात्रा बढाउने काम गर्छ।
– दैनिकरुपमा मेडिटेशन गर्नुहोस्। केही समयसम्म लामो साँस लिने र फाल्ने गर्नुहोस्। यस्तो अभ्यासले शरीरलाई राम्रो गर्छ।
– अक्सिजनयुक्त खाद्य पदार्थहरु खानुहोस्। हरियो सागपात, फलफूल, ब्रोकाउली, अजवाइनजस्ता चिजहरु खानुहोस्।
– खानामा सोडियम डाइटको सेवन गर्नुस्। यसले किड्नी र रगतमा जाने अक्सिजनको मात्रा बढाउने काम गर्छ।
धेरै नै समस्या भएको खण्डमा तुरून्त डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...