२०८३ बैशाख ५
April 18, 2026, Saturday

राष्ट्रिय सहकारी व्यवस्थापन सम्मेलन शुरु

राष्ट्रिय सहकारी व्यवस्थापन सम्मेलन शुरु

राष्ट्रिय सहकारी महासंघको आयोजनामा राष्ट्रिय सहकारी व्यवस्थापन सम्मेलन शुरु भएको छ । २०७७ चैत २३ गते महासंघका अध्यक्ष मिनराज कडेलले डिजिटल प्रविधिमार्फत सम्मेलनको उद्घाटन गर्नुभयो । भर्चुअल सम्मेलनमा करिब २ सय सहकारी संघ÷संस्थाका व्यवस्थापक, संचालकहरुको सहभागीता रहेको छ । उद्घाटन समारोहमा अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानाले विशेष सम्बोधन गर्नुभएको थियो । उहाँले सहकारीलाई मर्यादित व्यवसायका रुपमा अगाडि बढाउन के के गर्नुपर्छ भन्ने विषयमा महत्वपूर्ण मन्तव्य राख्नु भएको थियो ।
त्यस्तै सो सम्मेलनमा काठमाडौं विश्वविद्यालयका प्रा.डा. विनोद कृष्ण श्रेष्ठले “व्यवस्थापन सिप, सफलताको मुख्य आधार” भन्ने विषयमा कार्यपत्र प्रस्तुति गर्नुभएको थियो ।
त्यसैगरी राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा नेशनल म्यानेजमेन्ट काउन्सिलका अध्यक्ष डा जनकराज शाहले “सहकारीमा नेतृत्व र व्यवस्थापकीय परिवर्तन ः व्यक्तिगत र संस्थागत परिवर्तनका लागि सक्षम” भन्ने विषयमा प्रस्तुति गर्नुभएको थियो ।
मास्टर चेतना कोच भिजनरी इन्टरनेसनल प्रालि.का सिइओ तथा नेपाल ओलम्पिक कमिटीका साइकोलोजी कमिसनका चियरम्यान इन्द्र गुरुङले कार्यक्रममा सहभागीलाई उत्साहित बनाउँदै तीन सदनसम्म संचालन हुने कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।
महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले सम्मेलन उत्साहजनक रुपमा शुरु भएको बताउनुभयो ।
त्यस्तै नायब महाप्रबन्धक बाबुल खनालले उद्घाटन सत्रको सहजीकरण गर्नुभएको थियो । दोस्रो दिन मंगलबार महासंघका महाप्रबन्धक सुब्बाले सहकारीमा कर्पाेरेट सुशासन भन्ने विषयमा प्रस्तुती गर्नुहुने छ । सेवा वितरणमा उत्कृष्टताः सरोकारवालहरुमा प्रसन्नता भन्ने विषयमा ग्लोबल आइएमी बैंकका सिनियर डिपुटी सिइओ महेश ढकालले प्रस्तुति गर्नुहुने छ । नेतृत्वका विषयमा मास्टर चेतना कोच इन्द्र गुरुङको उच्च प्रदर्शन प्रस्तुति रहेको छ ।
तेस्रो दिन बुधबार विभिन्न सहकारी संस्थाका सफल सिइओहरुको बास्तविक शिक्षा दिने उद्देश्यले सफलताको कथाहरु प्रस्तुत हुने छ । जसमा चन्द्रागिरी साकोस काठमाडौंका कृष्णकुमार श्रेष्ठ, मेची सहकारी झापाका खोम बगाले, साना किसान सहकारी धनुषाका दिपनारायण पुर्वे, सकृय महिला साकोस मकवानपुरका सविना लामाले व्यवहारिक अनुभव सुनाउनुहुने छ । त्यसमा महासंघका नायब महाप्रबन्धक बाबुल खनालले सहजीकरण गर्नुहुने छ ।
त्यैसगरी अन्तिममा महासंघका लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटा, वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, निवर्तमान अध्यक्ष केशव बडाल र अध्यक्ष मिनराज कडेल लगायतले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७७ चैत्र २३

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७७ चैत्र २३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७७ चैत्र २३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP