कोशीपारी अनलाइन संवाददाता
फागुन १८, काठमाण्डौं
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दुई दिनअघिदेखि मौन अवधि सुरु हुँदै छ । सोमबार मध्यरातदेखि सुरु हुने मौन अवधिमा कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र मत प्रभावित पार्न पाइँदैन ।
उता निर्वाचन आयोगले भने मौन अवधिको अनुमगन निर्वाचन आचारसंहिताअनुसार निरन्तर गर्नेछ । आयोग २४ घण्टा निर्वाचन आचारसंहिता उल्लंघनको अनुगमनमै रहेको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
चुनावी प्रचारप्रसारको ज्वरो शान्त होस्, मतदातालाई स्वतन्त्र निर्णय गर्ने समय रहोस्, मतदानको समयमा अप्रिय घटना नहोस् भनेर मौन अवधि राखिने गरिन्छ । उम्मेदवारका चुनावी गतिविधि पनि मौन रहने भएकाले मौन अवधिले चुनावी वातावरण बनाउने गर्छ ।
![]()

मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारलाई मतदान केन्द्रको ३ सय मिटर वरपर प्रचारप्रसारका सामग्री राख्न दिदैन । ‘दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने,’ आयोगले तयार पारेको आचारसंहितामा भनिएको छ ।
मौन अवधिमा चुनाव प्रचारप्रसारलगायतका कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाइने भट्टराईले बताए । त्यस्तै, सामाजिक सञ्जालमार्फन पनि कसैको पक्ष वा विपक्षमा प्रचार गर्न वा भोट माग्न पाइँदैन ।
त्यस्तै, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन पाइने छैन ।
मतदान हुने दिनको अघिल्लो अठचालीस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले आचरण पालन गर्नुपर्ने आयोगले भनेको छ ।
कोशीपारी अनलाइन संवाददाता फागुन १८, काठमाण्डौं नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता पार्टी प्रवेश गरेको जनाएको छ...
कोशीपारी अनलाइन संवाददाता फागुन १८, काठमाण्डौं सर्लाही । बहुजन एकता पार्टीका वरिष्ठ नेता राजाराम पासवान नेपाली कांग्रेसमा प्रवेश गरेका छन्...
कोशीपारी अनलाइन फागुन १८, काठमाण्डौं नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी विगतको तुलनामा यसपटकको निर्वाचन अभियानमा बढी व्यवस्थित र ऊर्जावान...