२०८२ फाल्गुन १८
March 2, 2026, Monday

घोषणापत्रमा शिक्षा नीतिबारे स्पष्ट दृष्टिकोण समेट्न राजनीतिक दललाई प्याब्सनको आग्रह

घोषणापत्रमा शिक्षा नीतिबारे स्पष्ट दृष्टिकोण समेट्न राजनीतिक दललाई प्याब्सनको आग्रह

कोशीपारी अनलाइन 
मााघ २६, काठमाण्डौं

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आगामी निर्वाचनका सन्दर्भमा सबै राजनीतिक दलहरूलाई आफ्नो घोषणापत्रमा शिक्षा क्षेत्रप्रति स्पष्ट, सन्तुलित र दीर्घकालीन दृष्टिकोण समेट्न आग्रह गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले सार्वजनिक, निजी र सामुदायिक क्षेत्रको साझा प्रयासबाट नेपालको शिक्षा प्रणाली विकास हुँदै आएको उल्लेख गर्दै निजी विद्यालयहरू समस्या नभई शिक्षा सुधारका महत्वपूर्ण साझेदार भएको बताए। उनले शिक्षा क्षेत्रलाई राजनीतिक प्रयोगको विषय नबनाई राष्ट्र निर्माणको आधारका रूपमा हेर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष अधिकारीले शिक्षा क्षेत्रलाई सार्वजनिक–निजी–सामुदायिक सहकार्यको मोडेलमा अघि बढाउने स्पष्ट नीति आवश्यक रहेको बताउँदै शिक्षा सुधारका लागि निजी क्षेत्रलाई रणनीतिक साझेदारका रूपमा स्वीकार गरी दीर्घकालीन नीति तय गर्नुपर्ने धारणा राखे ।

प्याब्सनले अभिभावक र विद्यार्थीलाई विद्यालय छनोट, शिक्षण माध्यम तथा शैक्षिक मोडल छनोट गर्ने अधिकार सुरक्षित हुनुपर्नेमा जोड दिएको छ । एकल प्रणाली जबर्जस्ती लागू गर्ने नीतिले शिक्षा क्षेत्रमा प्रतिकूल असर पार्ने भन्दै बहुविकल्पीय प्रणालीले प्रतिस्पर्धा र गुणस्तर वृद्धि गर्ने विश्वास संगठनले व्यक्त गरेको छ ।

त्यसैगरी, शिक्षा क्षेत्रमा गरिएको निजी लगानी, पूर्वाधार र सम्पत्तिको कानुनी तथा नीतिगत सुरक्षा सुनिश्चित गर्नुपर्ने माग पनि प्याब्सनले अघि सारेको छ। नीतिगत अस्थिरता, आकस्मिक कानुनी परिवर्तन र एकपक्षीय निर्णयका कारण लगानीको वातावरण कमजोर बनेको उल्लेख गर्दै संगठनले स्थिर, स्पष्ट र विश्वासिलो शिक्षा नीति आवश्यक रहेको जनाएको छ ।

कार्यक्रममा महासचिव आरबी कटवालले उच्च शिक्षाका लागि वर्षेनी ठूलो परिमाणमा पुँजी विदेशिने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै गुणस्तरीय उच्च शिक्षा स्वदेशमै उपलब्ध गराउन निजी क्षेत्रसँग सहकार्य गरी ठोस योजना अघि बढाउनुपर्ने बताए ।

त्यसैगरी, शिक्षामा निजी क्षेत्रले पु¥याएको योगदानको सम्मान गर्दै शिक्षा सम्बन्धी ऐन, नीति तथा निर्देशिकामा स्पष्ट स्थान दिनुपर्ने, निजी विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिमा न्यायोचित र पारदर्शी अवसर सुनिश्चित गर्नुपर्ने तथा निजी क्षेत्रमा कार्यरत जनशक्तिलाई राज्यका सीप विकास तथा शैक्षिक उन्नयन कार्यक्रमहरूमा सहभागी गराउने व्यवस्था मिलाउनुपर्ने माग पनि गरिएको छ ।

प्याब्सनले यी विषयहरू कुनै दल विशेषसँग मात्र सम्बन्धित नभई राष्ट्रको भविष्यसँग जोडिएका साझा मुद्दा भएकाले सबै राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा अनिवार्य रूपमा समावेश गर्नुपर्ने जनाएको छ ।

Related News

अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश
अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश
  • २०८२ माघ २६

कोशीपारी अनलाइन संवाददाता फागुन १८, काठमाण्डौं नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता पार्टी प्रवेश गरेको जनाएको छ...

बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश
बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश
  • २०८२ माघ २६

कोशीपारी अनलाइन संवाददाता फागुन १८, काठमाण्डौं सर्लाही । बहुजन एकता पार्टीका वरिष्ठ नेता राजाराम पासवान नेपाली कांग्रेसमा प्रवेश गरेका छन्...

वर्तमान विषम परिस्थितिलाई सम्हाल्न सक्ने क्षमता कांग्रेससँग छ : विश्वप्रकाश शर्मा
वर्तमान विषम परिस्थितिलाई सम्हाल्न सक्ने क्षमता कांग्रेससँग छ : विश्वप्रकाश शर्मा
  • २०८२ माघ २६

कोशीपारी अनलाइन  फागुन १८, काठमाण्डौं नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी विगतको तुलनामा यसपटकको निर्वाचन अभियानमा बढी व्यवस्थित र ऊर्जावान...

TOP