कोशीपारी अनलाइन
माघ ८, काठमाण्डौं
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सिमखोला पुल नजिक बोलेरो पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
उक्त दुर्घटनामा बोलेरोका सहचालक सर्लाही वरहथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
बिहीबार बिहान १ बजे सर्लाहीबाट हेटौंडा –भीमफेदी – कुलेखानीहुदै काठमाडौंतर्फ जाँदै गरेको म.प्र. ०३–००१ च ६७२१ नम्बरको कुखुरा लोड बोलेरो पिकअप ब्रेक फेल भई सडकबाट ७ मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनामा सहचालक मण्डलसहित सर्लाही वरहथवा नगरपालिका–१ कै १६ वर्षीय छोटे पासवान र चालक २५ वर्षीय रामवली साह घाइते भएका थिए ।
प्रहरीका अनुसार घाइते तीनै जनालाई उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा सहचालक रोहनको बिहीबार बिहानै मृत्यु भएको हो । घाइते पासवान र साहको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बोलेरो गाडीमा रहेको ५ सय वटा कुखुरा मध्ये ३ सय वटा मरेका छन् ।
कोशीपारी अनलाइन संवाददाता फागुन १८, काठमाण्डौं नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता पार्टी प्रवेश गरेको जनाएको छ...
कोशीपारी अनलाइन संवाददाता फागुन १८, काठमाण्डौं सर्लाही । बहुजन एकता पार्टीका वरिष्ठ नेता राजाराम पासवान नेपाली कांग्रेसमा प्रवेश गरेका छन्...
कोशीपारी अनलाइन फागुन १८, काठमाण्डौं नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी विगतको तुलनामा यसपटकको निर्वाचन अभियानमा बढी व्यवस्थित र ऊर्जावान...