२०८२ चैत्र ८
March 22, 2026, Sunday

‘बलिदान’ले जेनजी आन्दोलनको भावनालाई प्रतिनिधित्व गरेको दाबी

‘बलिदान’ले जेनजी आन्दोलनको भावनालाई प्रतिनिधित्व गरेको दाबी

कोशीपारी अनलाइन संवाददाता
असोज १२, काठमाण्डौं

नेपाली कथानक चलचित्र ‘बलिदान’ भोलि(फुलपाती) बाट प्रदर्शनमा आउँदैछ ।
निर्देशक सन्तोष सेनले आफ्‌नो चलचित्र बलिदानका बारेमा जानकारी दिन मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्र बलिदान क्रान्तिका लागि लड्ने, आमाको लागि मातृभूमिको लागि लड्ने कथा भएको बताए ।
उनले भने, ‘जेनजी पुस्ताका भाइबहिनीहरुले जे सोचेर सडकमा उभिनुभयो । त्यसरी नै परिवर्तनको लागि आफ्‌नो ठाउँबाट परिवर्तनका लागि लड्नुपर्छ । त्यस्तै लडाई चलचित्र बलिदान हो । बलिदानमा क्रान्ति, आमा वा मातृभूमिका लागि लड्ने कथा भएको हुनाले हालैको घटना र यो सिनेमाको घटना पनि मिल्दोजुल्दो भयो ।’
उनले चलचित्र मार्फत दबिएर र खुम्चिएर बस्ने भन्दा त्यसका विरुद्धमा आवाज उठाउनु पर्ने सन्देश दिन खोजेको बताए ।
‘चलचित्रको माध्यमबाट दबिएर वा खुम्चिएर बस्ने नभइ आवाज उठाउनुपर्छ । कुठिन व्यवस्था विरुद्धमा आवाज उठाउनुपर्छ । गाउँ गाउँ, टोल, टोलमा युग पुरुषको जन्म हुनुपर्छ भन्ने सन्देश पनि हो,’ उनले भने ।
निर्देशक सेनले चलचित्र बलिदान आफ्‌नो सपना रहेको र त्यसलाई पूरा गर्न धेरै समय र उतारचढाव भोग्नुपरेको समेत बताए ।
कार्यक्रममा बोल्दै कलाकार समिर भट्टले बलिदान देश एवम माटोको र आमाछोराको कथा भएको भन्दै अग्रिम बुकिङलाई देखेर एकदमै खुसी लागेको बताए । ।
उनले बलिदानबाट आउने प्रतिक्रिया अनुसार अन्य सिनेमाको लागि अगाडि बढ्ने पनि बताए ।
‘आशुसेन फिल्म्स प्रालि’को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको अभिनय छ ।
चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

Related News

नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो
नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो
  • २०८२ आश्विन १२

कोशीपारी अनलाइन चैत्र २, काठमाण्डौं नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार बिहान १२ बजेदेखि लागू हुने...

आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ
आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ
  • २०८२ आश्विन १२

कोशीपारी अनलाइन चैत्र २, काठमाण्डौं हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश सहित बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा...

राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्याल सिफारिस
राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्याल सिफारिस
  • २०८२ आश्विन १२

कोशीपारी अनलाइन चैत्र २, काठमाण्डौं सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले...

TOP