कोशीपारी अनलाइन संवाददाता
असोज १२, काठमाण्डौं
नेपाली कथानक चलचित्र ‘बलिदान’ भोलि(फुलपाती) बाट प्रदर्शनमा आउँदैछ ।
निर्देशक सन्तोष सेनले आफ्नो चलचित्र बलिदानका बारेमा जानकारी दिन मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्र बलिदान क्रान्तिका लागि लड्ने, आमाको लागि मातृभूमिको लागि लड्ने कथा भएको बताए ।
उनले भने, ‘जेनजी पुस्ताका भाइबहिनीहरुले जे सोचेर सडकमा उभिनुभयो । त्यसरी नै परिवर्तनको लागि आफ्नो ठाउँबाट परिवर्तनका लागि लड्नुपर्छ । त्यस्तै लडाई चलचित्र बलिदान हो । बलिदानमा क्रान्ति, आमा वा मातृभूमिका लागि लड्ने कथा भएको हुनाले हालैको घटना र यो सिनेमाको घटना पनि मिल्दोजुल्दो भयो ।’
उनले चलचित्र मार्फत दबिएर र खुम्चिएर बस्ने भन्दा त्यसका विरुद्धमा आवाज उठाउनु पर्ने सन्देश दिन खोजेको बताए ।
‘चलचित्रको माध्यमबाट दबिएर वा खुम्चिएर बस्ने नभइ आवाज उठाउनुपर्छ । कुठिन व्यवस्था विरुद्धमा आवाज उठाउनुपर्छ । गाउँ गाउँ, टोल, टोलमा युग पुरुषको जन्म हुनुपर्छ भन्ने सन्देश पनि हो,’ उनले भने ।
निर्देशक सेनले चलचित्र बलिदान आफ्नो सपना रहेको र त्यसलाई पूरा गर्न धेरै समय र उतारचढाव भोग्नुपरेको समेत बताए ।
कार्यक्रममा बोल्दै कलाकार समिर भट्टले बलिदान देश एवम माटोको र आमाछोराको कथा भएको भन्दै अग्रिम बुकिङलाई देखेर एकदमै खुसी लागेको बताए । ।
उनले बलिदानबाट आउने प्रतिक्रिया अनुसार अन्य सिनेमाको लागि अगाडि बढ्ने पनि बताए ।
‘आशुसेन फिल्म्स प्रालि’को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको अभिनय छ ।
चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...