काठमाडौँ : नेकपा एमालेमा अब पोलिटव्यूरो कमिटी नरहने भएको छ । केन्द्रीय कमिटीपछि स्थायी कमिटी रहनेछ । पोलिटब्यूरो सम्बन्धी व्यवस्था हटाउने र अध्यक्षको नेतृत्वमा सचिवालय र महासचिवको नेतृत्वमा केन्द्रीय कार्यालय गठन हुने प्रस्ताव महाधिवेशनमा पेस भएको प्रतिवेदनमा भनिएको छ ।
ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको विधान सम्मेलनमा अध्यक्ष,५ उपाध्यक्ष, महासचिव र ६ जना सचिव रहेको सचिवालय बन्ने प्रस्ताव राखिएको छ । त्यस्तै महासचिवको नेतृत्वमा सचिवहरू रहेको केन्द्रीय कार्यालय रहने भएको छ । एमालेले बढीमा ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने प्रस्ताव विधानमा गरेको छ । विधान महाधिवेशनमा प्रस्तुत मस्यौदामा केन्द्रीय सदस्य हुन कम्तीमा १५ वर्ष पार्टी सदस्य हुनुपर्ने व्यवस्था समेत राखिएको छ ।
कोशीपारी अनलाइन चैत्र २, काठमाण्डौं नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार बिहान १२ बजेदेखि लागू हुने...
कोशीपारी अनलाइन चैत्र २, काठमाण्डौं हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश सहित बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा...
कोशीपारी अनलाइन चैत्र २, काठमाण्डौं सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले...