काठमाडौँ : नेकपा एमालेमा अब पोलिटव्यूरो कमिटी नरहने भएको छ । केन्द्रीय कमिटीपछि स्थायी कमिटी रहनेछ । पोलिटब्यूरो सम्बन्धी व्यवस्था हटाउने र अध्यक्षको नेतृत्वमा सचिवालय र महासचिवको नेतृत्वमा केन्द्रीय कार्यालय गठन हुने प्रस्ताव महाधिवेशनमा पेस भएको प्रतिवेदनमा भनिएको छ ।
ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको विधान सम्मेलनमा अध्यक्ष,५ उपाध्यक्ष, महासचिव र ६ जना सचिव रहेको सचिवालय बन्ने प्रस्ताव राखिएको छ । त्यस्तै महासचिवको नेतृत्वमा सचिवहरू रहेको केन्द्रीय कार्यालय रहने भएको छ । एमालेले बढीमा ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने प्रस्ताव विधानमा गरेको छ । विधान महाधिवेशनमा प्रस्तुत मस्यौदामा केन्द्रीय सदस्य हुन कम्तीमा १५ वर्ष पार्टी सदस्य हुनुपर्ने व्यवस्था समेत राखिएको छ ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...