काठमाडौं।यूक्रेनको राजधानी किभमाथि रुसले फेरि ड्रोनमार्फत ठूलो आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएको बीबीसीले जनाएको छ । तर रुसले हालसम्म यूक्रेनको दाबीमा कुनै प्रतिक्रिया जनाएको छैन ।
रुसले हालसम्म यूक्रेनको दाबीमा कुनै प्रतिक्रिया जनाएको छैन । किभका अधिकारीहरूका अनुसार, ड्रोनको भग्नावशेष मध्य शेवचेनक्विस्की क्षेत्रमा रहेको एक आवासीय भवनको छतमा खसेको थियो ।
सामाजिक सञ्जालमा सार्वजनिक फुटेजमा रातको समयमा आकाशमा विस्फोट भएको देखिन्छ । फुटेजमा हवाई रक्षा प्रणालीले आक्रमणलाई असफल बनाइरहेको देखिन्छ ।
यद्यपि, बीबीसीले फुटेजको स्वतन्त्ररूपमा पुष्टि गर्न नसकेको जनाएको छ ।
कोशीपारी अनलाइन फागुन १९, काठमाण्डौं मध्यपूर्वमा द्वन्द्व चर्किंदै गएसँगै इजरायलले तेहरान र लेबनानको राजधानी बेरुतमा आक्रमण गरेको छ । इरानले...
कोशीपारी अनलाइन फागुन १९, काठमाण्डौं मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच अमेरिकाले आफ्ना नागरिकलाई एक दर्जनभन्दा बढी मध्यपूर्वी देशहरूबाट “तत्काल फिर्ता”...
कोशीपारी अनलाइन संवाददाता माघ ३, काठमाण्डौं शिजुओका (जापान) — जापानको शिजुओका सहरमा मञ्जुश्री संवत २८६२ को अवसरमा सोनाम ल्होछार २०२६...