२०८२ कार्तिक २१
November 7, 2025, Friday

इजरायली आक्रमणबाट इरानमा मर्नेको सँख्या ६०६ पुग्यो

इजरायली आक्रमणबाट इरानमा मर्नेको सँख्या ६०६ पुग्यो

काठमाडौं। इरानका स्वास्थ्य मन्त्री मोहम्मद रजा जफरगनीले १३ जुनदेखि १२ दिनसम्म चलेको इजरायली आक्रमणमा ६०६ जनाको मृत्यु भएको बताएका छन् ।

इरानी स्वास्थ्य मन्त्रीका अनुसार, इजरायली आक्रमणहरूमा पाँच हजारभन्दा बढी मानिस घाइते भएका छन् । उनीहरूको उपचार चलिरहेको बीबीसीले जनाएको छ ।
तर, द्वन्द्वको निगरानी गर्ने मानव अधिकार समूह, ‘ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरान’ले मृत्यु हुनेहरूको संख्या आधिकारिक तथ्यांकभन्दा लगभग दोब्बर रहेको बताएको छ । यो संस्थाले अहिले सम्म ९७४ जनाको मृत्यु भएको जनाएको छ ।
इरानी स्वास्थ्य मन्त्रीले इरानमा पछिल्लो २४ घण्टामा सबैभन्दा भीषण आक्रमणहरू भएका र त्यसमा १०७ जनाको मृत्यु भएको बताए ।

इरानी अधिकारीहरू र सरकारी टेलिभिजनले बताएअनुसार ११ दिनको द्वन्द्व समाप्त गर्ने युद्धविराम लागु हुनुभन्दा केही घण्टाअघि उत्तरी इरानमा भएको रातभरको इजरायली आक्रमणमा एक वरिष्ठ आणविक वैज्ञानिकसहित नौ जनाको मृत्यु भएको थियो ।

Related News

हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् नेपालका विपिन जोशी
हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् नेपालका विपिन जोशी
  • २०८२ असार ११

कोशीपारी अनलाइन संवाददाता असोज २४, काठमाण्डौं इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको...

विश्व शान्तिका लागि मणिजप ङेवा, मोलम तथा छोकफुल – तेल अवीभमा भव्य धार्मिक कार्यक्रम आयोजना हुँदै 
विश्व शान्तिका लागि मणिजप ङेवा, मोलम तथा छोकफुल – तेल अवीभमा भव्य धार्मिक कार्यक्रम आयोजना हुँदै 
  • २०८२ असार ११

कोशीपारी अनलाइन संवाददाता /तेल अवीभ (इजरायल) असोज १३, काठमाण्डौं विश्व शान्ति र मानव काल्यणको कामना गर्दै नेपाल आदिवासी जनजाति महासंघ...

अफगानिस्तानमा भुकम्पबाट मर्नेको सँख्या ८ सय नाघ्यो
अफगानिस्तानमा भुकम्पबाट मर्नेको सँख्या ८ सय नाघ्यो
  • २०८२ असार ११

काठमाडौं।अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ८ सय बढी पुगेको छ।भूकम्पमा परी ८०० जना भन्दा बढीले ज्यान गुमाएको...

TOP