२०८२ फाल्गुन ४
February 16, 2026, Monday

भारतमा एयर इन्डियाको विमान दुर्घटना

भारतमा एयर इन्डियाको विमान दुर्घटना

काठमाडौं । भारतबाट ब्रिटेनका लागि उड्न लाग्दा एयर इन्डियाको दुर्घटनामा परेको छ । एयर इन्डियाको जहाज गुजरातको अहमदावादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थाल नजिक दुर्घटना भएको हो । लन्डन ग्याटविक गन्तव्यका लागि उडेको एआई १७१ उडान नम्बरको विमान बिहीबार अहमदाबादमा दुर्घटनामा परेको हो ।अहमदाबादको मेघाणी नगर क्षेत्रमा विमान खस्दा ठूलो आगलागी भएको पुष्टि गरिएको छ ।  एयर इन्डियाले आफ्नो आधिकारिक एक्स (पूर्व ट्विटर) खातामा दुर्घटनाको पुष्टि गर्दै भनेको छ, ‘अहमदाबाद–लन्डन ग्याटविक उडान एआई १७१ आज, १२ जुन २०२५ मा दुर्घटनामा परेको छ ।’

विमानमा २३० यात्रु र १२ चालक दलका सदस्य सवार रहेको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ । हालसम्म कति मानिस घाइते वा मृत भए भन्ने आधिकारिक जानकारी प्राप्त भएको छैन ।

एयर इन्डियाले थप विवरण संकलन भइरहेको र छिटो अर्र्को अद्यावधिक जानकारी दिने बताएको छ । घट्ना भएपछि नागरिक उड्डयन मन्त्री राम मोहन नायडू किंजरापुले व्यक्तिगत रूपमा स्थितिको अवलोकन गरिरहेका छन् ।

Related News

जापानको शिजुओका सहरमा जनवरी २५ मा सोनाम ल्होछार मनाइँदै, तयारी पूरा
जापानको शिजुओका सहरमा जनवरी २५ मा सोनाम ल्होछार मनाइँदै, तयारी पूरा
  • २०८२ जेष्ठ २९

कोशीपारी अनलाइन संवाददाता माघ ३, काठमाण्डौं शिजुओका (जापान) — जापानको शिजुओका सहरमा मञ्जुश्री संवत २८६२ को अवसरमा सोनाम ल्होछार २०२६...

हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् नेपालका विपिन जोशी
हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् नेपालका विपिन जोशी
  • २०८२ जेष्ठ २९

कोशीपारी अनलाइन संवाददाता असोज २४, काठमाण्डौं इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको...

विश्व शान्तिका लागि मणिजप ङेवा, मोलम तथा छोकफुल – तेल अवीभमा भव्य धार्मिक कार्यक्रम आयोजना हुँदै 
विश्व शान्तिका लागि मणिजप ङेवा, मोलम तथा छोकफुल – तेल अवीभमा भव्य धार्मिक कार्यक्रम आयोजना हुँदै 
  • २०८२ जेष्ठ २९

कोशीपारी अनलाइन संवाददाता /तेल अवीभ (इजरायल) असोज १३, काठमाण्डौं विश्व शान्ति र मानव काल्यणको कामना गर्दै नेपाल आदिवासी जनजाति महासंघ...

TOP