निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा जाहेरी दर्ता नभएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएको समाचारबारे स्पष्टीकरण दिएको छ ।
प्रशासनले एक विज्ञप्ति जारी गर्दै पूर्वप्रतिनिधि सभा सदस्य अभिषेक प्रसाद शाहले ओलीविरुद्ध कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीमार्फत जाहेरी दिएको भन्ने समाचारमा कुनै सत्यता नभएको जनाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शाहले ‘ज्ञापनपत्र बुझाउन छ’ भनी पत्र पेस गर्नुभएको थियो तर सो पत्र जाहेरीको स्वरूपमा रहेकाले नियमानुसार घटना घटेको स्थानमा जाहेरी दिन सुझाइएको हो । यसबारे कुनै कारबाही गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयको नभएको जानकारी गराइएको छ ।’
कोशीपारी अनलाइन, काठमाण्डौं मंसिर १२, २०८२ काभ्रेपलाञ्चोक — चौरीदेउराली गाउँपालिका–२, बाँझखेतस्थित श्री टाँसी बाल विकास आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं तनाव कम गर्न नाच्दै, गाउँदै र ध्यानमग्न हुँदै सहभागी तनाव विसर्जन कार्यशालाका सहभागी भन्छन्...
कोशीपारी अनलाइन संवाददाता असोज १३, काठमाण्डौं दशैँको समयमा राजमार्गहरु अवरोध हुँदा आन्तरिक हवाई यात्रा गर्ने यात्रुहरूको संख्या ह्वात्तै बढेको छ...