२०८२ मंसिर १९
December 5, 2025, Friday

एकीकृत समाजवादी विघटन गर्न सुझाव दिदै सुभाष साहले दिए राजीनामा

एकीकृत समाजवादी विघटन गर्न सुझाव दिदै सुभाष साहले दिए राजीनामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको समाजवादी प्रेस संगठन नेपालका उपाध्यक्ष एवं मधेस प्रदेशका इन्चार्ज सुभाष साहले संगठनको साधारण सदस्य समेत नरहने गरी आज राजीनामा दिएका छन् ।

प्रेस संगठनमा मनोमानी, हैकमवाद र एकाधिकार शैली भएको आरोप लगाउदै साहले राजीनामा दिएको जनाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विभाजन भई गठन भएको एकीकृत समाजवादीमा पनि विधि, विधान, उल्लंघन गर्ने कार्य चरम सिमामा पुगेको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुबैको कार्यशैली उस्तै, विधा उल्लंघन गर्ने, मनोमानी गर्ने, हैकमवाद शैलीमा अगाडी बढने भएपनि एकीकृत समाजवादीको औचित्य र आवश्यक्ता नभएको ठहर समेत साहको रहेको छ । उनले एकीकृत समाजवादीलाई विघटन गर्नुपर्ने र मर्ज गर्दा राम्रो हुने सुझाव समेत दिएका छन् ।

‘पर्सा संगठनमा विवाद सुरू हुँदा तत्कालिन समयमा संगठनको केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठ नै हुनुहुन्थ्यो र हालको समयमा पनि संगठनको केन्द्रिय अध्यक्षमा शम्भु श्रेष्ठ नै हुनुहुन्छ तर पनि पर्सा संगठनको समस्या समाधान नभई पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा विधि, विधान उल्लंघन गर्ने, सर्वसम्मतिको निर्णय कार्यान्वयन नगर्ने प्रवृत्ति कोही कसैकालाई मान्य हुदैन्,’ साहले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

संगठनको पर्सा जिल्लामा देखिएको विवादमा पार्टी र संगठनका नेताहरुले न्याय नगरेको ठहर उनले गरेका छन् । मिलाउने प्रयास गर्दागर्दै समेत नेताको दबाब र निर्देशनमा विधि, विधान विपरित हैकमवाद शैलीमा संगठन चलाउँन खोजेपछि उनले राजीनामा दिन बाध्य भएका हुन् ।

‘एमाले जस्तै एकीकृत समाजवादीमा पनि उही कार्यशैली, उही एकाधिकार, विधि र विधान उल्लंघन गर्ने कार्यहुन्छ भने एकीकृत समाजवादीको आवश्यक्ता किन ? ओली र नेपाल दुबै उही मनोमानी र हैकमवाद शैलीमा हिड्ने हो भने यो पार्टी विघटन गरी मर्ज किन नगर्ने ? छुटै पार्टीको आवश्यक्ता र औचित्य नै देखिदैन । तर्सथः संगठन आफ्नै निर्णयको आधारमा अगाडी नबढेको, विधि, प्रक्रिया, विधान उल्लंघन गर्ने काम भएकाले मलाई त्यो स्वीकार्य नभएको जानकारी साथ आजकै मितिदेखी संगठनको साधारण सदस्यसमेत नरहनेगरि राजीनामा दिएको जानकारी गराउँदछु,’ साहले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

पर्सा जिल्लामा समाजवादी प्रेस संगठन नेपालका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठज्यूकै समयदेखि विवाद रहदै आएको र संगठनको निवर्तमान केन्द्रिय अध्यक्ष विश्वमणी सुबेदीसहितका केही संगठनका नेताहरूले पर्सा जिल्ला संगठनको विवाद समाधान गर्नुको साटो झनै विवाद उत्पन्न गराएकोले पर्सा संगठनमा समानान्तर समिति रहेको थियो ।
त्यसलाई समाधान गर्न साहले निरन्तर प्रयास गरें । संगठनकै सर्वसम्मतीको निर्णयबाट समाधान पनि भयो । तर, पार्टी र संगठनकै नेताहरूले विवाद समाधान गर्नुको साटो निरन्तर विवाद बढाउने काम गर्दै आएका छन् । तर सर्वसम्मत भएको निर्णयलाई कार्यान्वयन नगरी फेरी विवाद बल्झाउने काम भएको आरोप साहले लगाएका छन् ।

Related News

श्री टाँसी बाल विकास विद्यालयका ३० विद्यार्थीलाई शैक्षिक झोला वितरण
श्री टाँसी बाल विकास विद्यालयका ३० विद्यार्थीलाई शैक्षिक झोला वितरण
  • २०८२ जेष्ठ ११

कोशीपारी अनलाइन, काठमाण्डौं मंसिर १२, २०८२ काभ्रेपलाञ्चोक — चौरीदेउराली गाउँपालिका–२, बाँझखेतस्थित श्री टाँसी बाल विकास आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई...

गोदावरीमा तनाव विसर्जन कार्यशाला : रोग मात्र होइन आत्महत्या नै रोक्न सकिन्छ
गोदावरीमा तनाव विसर्जन कार्यशाला : रोग मात्र होइन आत्महत्या नै रोक्न सकिन्छ
  • २०८२ जेष्ठ ११

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं तनाव कम गर्न नाच्दै, गाउँदै र ध्यानमग्न हुँदै सहभागी तनाव विसर्जन कार्यशालाका सहभागी भन्छन्...

हवाई टिकट अचाक्ली मंहगो : चाडपर्वको मौकामा न्यूनतम दरभन्दा ६८ प्रतिशतसम्म असुली
हवाई टिकट अचाक्ली मंहगो : चाडपर्वको मौकामा न्यूनतम दरभन्दा ६८ प्रतिशतसम्म असुली
  • २०८२ जेष्ठ ११

कोशीपारी अनलाइन संवाददाता असोज १३, काठमाण्डौं दशैँको समयमा राजमार्गहरु अवरोध हुँदा आन्तरिक हवाई यात्रा गर्ने यात्रुहरूको संख्या ह्‌वात्तै बढेको छ...

TOP