काठमाडौं – पछिल्लो २४ घण्टामा थप १५५८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण देखिएको हो ।
१३५१ जना संक्रमणमुक्त भएका छन् । देशभरमा २५ हजार ४९७ सक्रिय संक्रमित छन् ।
उनीहरुमध्ये ११७ जनाको भेन्छिलेटरमा, ३८६ जनाको आईसीयूमा उपचार भइरहेको छ । १५४७ जना संस्थागत आइसोलेनमा र २३ हजार ९५० जना होम आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८३ हजार ७५ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ भने ७ लाख ४६ हजार ५६६ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै १० वर्ष मुनिका ३१ बालबालिकामा कोरोना संक्रमण पुष्छ भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९३ जनामा कोरोना संक्रमण देखिएको छ ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं तनाव कम गर्न नाच्दै, गाउँदै र ध्यानमग्न हुँदै सहभागी तनाव विसर्जन कार्यशालाका सहभागी भन्छन्...
कोशीपारी अनलाइन संवाददाता असोज १३, काठमाण्डौं दशैँको समयमा राजमार्गहरु अवरोध हुँदा आन्तरिक हवाई यात्रा गर्ने यात्रुहरूको संख्या ह्वात्तै बढेको छ...
फूलपाती भित्र्याउने परम्परा भौगोलिक विविधता अनुसार केही भिन्नता देखिएपनि मूल भाव एउटै हो । देवी दुर्गाको आह्वान र पूजन पूर्वदेखि...