काठमाडौं – पछिल्लो २४ घण्टामा थप १५५८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण देखिएको हो ।
१३५१ जना संक्रमणमुक्त भएका छन् । देशभरमा २५ हजार ४९७ सक्रिय संक्रमित छन् ।
उनीहरुमध्ये ११७ जनाको भेन्छिलेटरमा, ३८६ जनाको आईसीयूमा उपचार भइरहेको छ । १५४७ जना संस्थागत आइसोलेनमा र २३ हजार ९५० जना होम आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८३ हजार ७५ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ भने ७ लाख ४६ हजार ५६६ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै १० वर्ष मुनिका ३१ बालबालिकामा कोरोना संक्रमण पुष्छ भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९३ जनामा कोरोना संक्रमण देखिएको छ ।
कोशीपारी अनलाइन फागुन २, काठमाण्डौं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शहर बजारको हल्ला र लहडका आधारमा मतदान नगर्न सुझाएका...
कोशीपारी अनलाइन माघ २८, रामेछाप मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा मंगलबार बिहान भएको बस दुर्घटनापछि मृतक तथा घाइतेका आफन्तहरूले बुधबार...
कोशीपारी अनलाइन माघ २८, काठमाण्डौं बुधबार नेपाली बजारमा सुनको मूल्य ११ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी...