२०८२ मंसिर २४
December 10, 2025, Wednesday

संसदमा टेबल भएपछि एमसीसीबारे निर्णय गर्छौं : विष्णु पौडेल

संसदमा टेबल भएपछि एमसीसीबारे निर्णय गर्छौं : विष्णु पौडेल

काठमाण्डौं : नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल भएपछि एमालेले तत्काल निर्णय गर्ने बताएका छन् । सरकारमा रहेका दलहरुबीच एमसीसीबारे एकमत नभएको भन्दै पौडेलले एमालेमा समस्या नरहेको दावी गरे ।

बुधबार बुटवलमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा पौडेलले एमसीसीबारे एमालेले पहिल्यै निर्णय गरेर नबसेको बताए । ‘पहिले यो विषय संसदमा आओस् न, हामी राष्ट्रको हितलाई केन्द्रमा राखेर तत्काल निर्णय गर्छौं,’ पौडेलले भने, ‘बरु सरकार नै यसबारेमा रंगिबिरंगी छ।’पौडेलले लुम्बिनीमा एमाले विभाजित नभएको बताएका छन् । ‘विभाजनको कथित प्रयासलाई नाकाम बनायौं,’ पौडेलले भने, ‘कथित विभाजन सर्पले काँचुली फेरेजस्तै हो ।’

कानून बमोजिम एमाले विभाजन गर्न नसकेपछि अध्यादेश ल्याएर विभाजन गरिएको पौडेलले बताए । ‘४० प्रतिशतलाई २० प्रतिशतमा झारेर एमाले विभाजन गर्ने कोशिश गरिएको छ,’ पौडेलले भने, ‘म प्रधानमन्त्री देउवालाई चुनौतिका साथ भन्न चाहन्छु हिम्मत छ भने अध्यादेशलाई निरन्तरता दिनुस् ।’ तर सरकारले केही हप्तापछि अध्यादेशलाई निस्कृय बनाउने दावी उनले गरे । ‘यो गम्भीर अपराध हो, यसलाई इतिहासले माफ गर्दैन,’ पौडेलले भने, ‘विभाजन सिद्धान्त र एजेण्डाका आधारमा भएको होइन, औचित्य पुष्टि हुन सक्दैन ।’ एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै पौडेलले सभामुख अग्निप्रसाद सापकोटाले दलको कार्यकर्ताको रुपमा भूमिका निभाएको आरोप लगाए । एमाले विभाजन गर्न सभामुखले पदको दुरुपयोग गरेको उनको आरोप छ ।

आफूले ल्याएको बजेट सबै क्षेत्रले स्वागत गरेको दाबी गर्दै पौडेलले प्रतिस्थापन विधेयकमार्फत अर्को बजेट ल्याउन खोजिएकोप्रति आपत्ति जनाए । कार्यदलले बुझाएको १० बुँदे सिफारिस लुम्बिनी प्रदेशका सबै जिल्लामा सिर्जनात्मक ढंगले कार्यान्वयन हुने पौडेलले बताए । उनले अलमलमा परेका नेताहरुलाई एमालेमै फर्कन आग्रह गरे । नेकपा हुंदै अध्यक्ष ओलीमाथि लगाइएका १८ बुंदे आरोप नै पार्टी विभाजनको शुरुवात भएको पौडेलले दावी गरे । कार्यक्षेत्र बाहिर गएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै उनले सर्वोच्च अदालतको आलोचना गरे ।

Related News

श्री टाँसी बाल विकास विद्यालयका ३० विद्यार्थीलाई शैक्षिक झोला वितरण
श्री टाँसी बाल विकास विद्यालयका ३० विद्यार्थीलाई शैक्षिक झोला वितरण
  • २०७८ भाद्र २३

कोशीपारी अनलाइन, काठमाण्डौं मंसिर १२, २०८२ काभ्रेपलाञ्चोक — चौरीदेउराली गाउँपालिका–२, बाँझखेतस्थित श्री टाँसी बाल विकास आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई...

गोदावरीमा तनाव विसर्जन कार्यशाला : रोग मात्र होइन आत्महत्या नै रोक्न सकिन्छ
गोदावरीमा तनाव विसर्जन कार्यशाला : रोग मात्र होइन आत्महत्या नै रोक्न सकिन्छ
  • २०७८ भाद्र २३

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं तनाव कम गर्न नाच्दै, गाउँदै र ध्यानमग्न हुँदै सहभागी तनाव विसर्जन कार्यशालाका सहभागी भन्छन्...

हवाई टिकट अचाक्ली मंहगो : चाडपर्वको मौकामा न्यूनतम दरभन्दा ६८ प्रतिशतसम्म असुली
हवाई टिकट अचाक्ली मंहगो : चाडपर्वको मौकामा न्यूनतम दरभन्दा ६८ प्रतिशतसम्म असुली
  • २०७८ भाद्र २३

कोशीपारी अनलाइन संवाददाता असोज १३, काठमाण्डौं दशैँको समयमा राजमार्गहरु अवरोध हुँदा आन्तरिक हवाई यात्रा गर्ने यात्रुहरूको संख्या ह्‌वात्तै बढेको छ...

TOP