२०८२ फाल्गुन २५
March 9, 2026, Monday

हात्तीवनमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच छलफल हुदै

हात्तीवनमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच छलफल हुदै

२२ बैशाख २०७८, कोशीपारी अनलाइन / काठमाडौ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका नेता माधवकुमार नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग अहिले छलफल गरिरहेका छन्। 

ललितपुरको हात्तीवनस्थित एक निजी घरमा बुधबार प्रचण्ड र नेता नेपालले यादवसँग कुराकानी गरेको स्रोतको दाबी छ। उनीहरूले अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि यसबारे कुराकानी गर्ने तयारी गरिरहेका छन्।

कांग्रेसको पदाधिकारी बैठकले ओलीलाई बहुमत पुग्न नदिन भूमिका खेल्ने र दलहरूसँग पहल गर्ने निर्णय गरेको थियो।

माओवादी केन्द्रले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ।  उक्त पत्र बुझाएपछि माओवादी नेतृत्व ओलीले वैशाख २७ गते लिन लागेको विश्वासको मत पुग्न नदिन अन्य दलसँग छलफलमा जुटेको छ। 

जसपाभित्र अहिले महन्थ ठाकुर र राजेन्द्र महतो ओली सरकारको पक्षमा छन् भने यादव र बाबुराम भट्टराई पक्षधर ओलीलाई जसरी पनि सरकारबाट हटाउनु पर्ने लाइनमा छन्। 

Related News

ललितपुर–२ मा जगदिश खरेल विजयी
ललितपुर–२ मा जगदिश खरेल विजयी
  • २०७८ बैशाख २२

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं ललितपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

राष्ट्रिय मानव अधिकार आयोगद्वारा निर्वाचन अनुगमन गरिने, मतदातालाई उत्साहपूर्ण मतदानमा सहभागी हुन आग्रह
राष्ट्रिय मानव अधिकार आयोगद्वारा निर्वाचन अनुगमन गरिने, मतदातालाई उत्साहपूर्ण मतदानमा सहभागी हुन आग्रह
  • २०७८ बैशाख २२

कोशीपारी अनलाइन  फागुन १९, काठमाण्डौं आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको दिनको अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगले...

कुलमानलाई विजयी गराउन काठमाडौंका सोलुखुम्बु र ओखलढुंगाबासी संगठित
कुलमानलाई विजयी गराउन काठमाडौंका सोलुखुम्बु र ओखलढुंगाबासी संगठित
  • २०७८ बैशाख २२

कोशीपारी अनलाइन फागुन १६, काठमाण्डौं काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बनेका कुलमान घिसिङलाई विजयी गराउन...

TOP