१६ बैशाख २०७८ कोशीपारी अनलाइन भक्तपुर कोभिड–१९ तीव्र गतिमा फैलिरहेका अवस्थामा सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि प्रहरी प्रशासनले काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ । अरनिको राजमार्ग हुँदै काठमाडौंँ प्रवेश गर्ने नाका काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा उपत्यका प्रवेश गर्न खोज्ने सवारी साधन बिहानैदेखि प्रहरीले जाँच गर्दै फकाईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जिल्लाभित्र सबै प्रकारका सवारी साधन चले पनि उपत्यका प्रवेश गर्ने साँगा नाकामा सवारी साधनमा प्रहरी जाँच कडाइ गरिएको बताउनुभयो । ‘हामीले उपत्यका प्रवेश गर्ने सवारीसाधनमा अत्यावश्यकबाहेक कुनै पनि सवारी साधन प्रवेश गर्न दिएका छैनौंँ ।’ उहाँले भन्नुभयो, ‘हिजो यात्रुहरु लिएर गाउँ गएका गाडीहरु फर्किरहेकामा चालक र सहचालक भएकालाई मात्रै प्रवेश गर्न दिएका छाैँ।’
साँगा भएर बुधबार यात्रु लिई गाउँ गएका सवारी साधन उपत्यका प्रवेश गर्नका लागि साँगा नाकामा पुग्ने गरेका छन् । त्यसरी गएका सवारी साधनलाई फर्काइएको प्रहरीले जनाएको छ ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं ललितपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी...
कोशीपारी अनलाइन फागुन १९, काठमाण्डौं आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको दिनको अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगले...
कोशीपारी अनलाइन फागुन १६, काठमाण्डौं काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बनेका कुलमान घिसिङलाई विजयी गराउन...