२०८२ फाल्गुन ४
February 16, 2026, Monday

काभ्रे खोपासिमा विवाहमा सहभागी १७ जनामा कोरोना पुष्टि, विवाह घरकै एकजना भेन्टिलेटरमा

काभ्रे खोपासिमा  विवाहमा सहभागी १७ जनामा कोरोना पुष्टि, विवाह घरकै एकजना भेन्टिलेटरमा

१५ बैशाख, २०७८ कोशीपारी अनलाईन काभ्रे।

काभ्रेको खोपासीमा भएको विवाहमा सहभागी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार २४ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा १७ जनामा कोरोना पोजिटिभ देखिएको हो । पनौती नगरपालिका–१० का ११ जना महिला र ४ जना पुरुष तथा वडा नम्बर ८ का १ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको पनौती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिए।

कोरोना पुष्टि भएका सबै वैशाख ११ गतेको विवाहमा सहभागी भएका थिए। संक्रमित मध्ये विवाह घरकै एक जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। अरु सबै होम आइसोलेशनमा बसेका छन्। कोरोना संक्रमित हुनेहरूमा १७ वर्षदेखि ८४ वर्ष उमेर समूहसम्मका छन्।

Related News

भोट दिनु छोरी दिनु बराबर हो, हजार पटक सोचेर मात्र मतदान गरौँः राजेन्द्र लिङदेन
भोट दिनु छोरी दिनु बराबर हो, हजार पटक सोचेर मात्र मतदान गरौँः राजेन्द्र लिङदेन
  • २०७८ बैशाख १५

कोशीपारी अनलाइन फागुन २, काठमाण्डौं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शहर बजारको हल्ला र लहडका आधारमा मतदान नगर्न सुझाएका...

बस दुर्घटनापछि मन्थलीमा यातायात अवरुद्ध, पीडितलाई न्याय दिन माग
बस दुर्घटनापछि मन्थलीमा यातायात अवरुद्ध, पीडितलाई न्याय दिन माग
  • २०७८ बैशाख १५

कोशीपारी अनलाइन  माघ २८, रामेछाप मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा मंगलबार बिहान भएको बस दुर्घटनापछि मृतक तथा घाइतेका आफन्तहरूले बुधबार...

सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
  • २०७८ बैशाख १५

कोशीपारी अनलाइन  माघ २८, काठमाण्डौं बुधबार नेपाली बजारमा सुनको मूल्य ११ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी...

TOP