२०८२ फाल्गुन २९
March 13, 2026, Friday

साफ यू-२० महिला च्याम्पियनसिप: आज नेपाल र श्रीलंका भिड्दै

साफ यू-२० महिला च्याम्पियनसिप: आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौँ । नेपाल साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज श्रीलंकाविरुद्ध खेल्दै छ ।

यो खेल नेपाली समय अनुसार दिउसो २: ४५ बजेदेखि शुरु हुदैछ । बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा हुने यो खेलको प्रत्यक्ष प्रशारण ‘Sportzworkz’ युट्युब च्यानलबाट हुने एन्फाले जानकारी दिएको छ ।

जारी प्रतियोगितामा नेपालले खेलेका ३ खेलमा २ जित हासिल गरेको छ । जसमा नेपालले श्रीलंकालाई ७-० गोल अन्तरले पराजित गरेको थियो भने भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै नेपाल बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको थियो ।

त्यस्तै श्रीलंकाले भने लगातार तेस्रो हार बेहोरेको छ । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग ९-१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग ५-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपालसँग ७-० गोलले पराजित भएको थियो ।

नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।

यस प्रतियोगितामा नेपालले अब अर्को खेल जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।

यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।

साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय यू-२० महिला टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले बिर्साना चौधरीको कप्तानीमा २३ खेलाडी खेल्दैछन् ।

गोलकिपरः लिला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ । डिफेन्डरः सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पाण्डक, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिशा राई र सीता रोकाया । मिडफिल्डर: कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी (कप्तान) र सेनु परियार । फरवार्डः कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।

 

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०८२ श्रावण १

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति
कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति
  • २०८२ श्रावण १

कोशीपारी अनलाइन संवाददाता फागुन २५, काठमाण्डौं अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन २४ गते केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण...

टी २० विश्वकप : उपाधिका लागि भिड्दै न्युजिल्याण्ड र भारत
टी २० विश्वकप : उपाधिका लागि भिड्दै न्युजिल्याण्ड र भारत
  • २०८२ श्रावण १

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं टी–२० विश्वकपको उपाधिका लागि आज न्युजिल्याण्ड र भारत भिड्दै छन् । २० टोली सहभागी प्रतियोगिताको...

TOP