काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो ।
मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमै भेट्टायो । नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको विष्फोटक इनिङ खेल्दै जितसम्म पुर्याए ।
शिवान्स बजगाईं २३ रनका अविजित रहे ।यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३ ओभर १ बलमा ९० रनमा समेटिएको थियो । मलेसियाका मुहम्मद फातुल मुइनले ३८ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।
बलिङमा नेपालका अभय यादवले सर्वाधिक ४ विकेट लिए । शुभम खनालले ३, कप्तान विपीन शर्मा र सचिव भट्टले एकएक विकेट लिएका थिए ।
गत संस्करणको फाइनलमा पनि नेपालले मलेसियालाई नै २२१ रनको फराकिलो अन्तरले हराउँदै च्याम्पियन बनेको थियो। यसपटक पनि नेपाल उपाधि रक्षा गर्ने लक्ष्यमा छ । अब नेपालले फाइनलमा हङकङ चाइना र सिंगापुरबीचको विजेतासँग शनिबार खेल्ने छ |
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं टी–२० विश्वकपको उपाधिका लागि आज न्युजिल्याण्ड र भारत भिड्दै छन् । २० टोली सहभागी प्रतियोगिताको...
कोशीपारी अनलाइन फागुन २०, काठमाण्डौं आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकाको खेल हुँदैछ । आज हुने...
कोशीपारी अनलाइन फागुन १२, काठमाण्डौं राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै अब...