काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो ।
मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमै भेट्टायो । नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको विष्फोटक इनिङ खेल्दै जितसम्म पुर्याए ।
शिवान्स बजगाईं २३ रनका अविजित रहे ।यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३ ओभर १ बलमा ९० रनमा समेटिएको थियो । मलेसियाका मुहम्मद फातुल मुइनले ३८ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।
बलिङमा नेपालका अभय यादवले सर्वाधिक ४ विकेट लिए । शुभम खनालले ३, कप्तान विपीन शर्मा र सचिव भट्टले एकएक विकेट लिएका थिए ।
गत संस्करणको फाइनलमा पनि नेपालले मलेसियालाई नै २२१ रनको फराकिलो अन्तरले हराउँदै च्याम्पियन बनेको थियो। यसपटक पनि नेपाल उपाधि रक्षा गर्ने लक्ष्यमा छ । अब नेपालले फाइनलमा हङकङ चाइना र सिंगापुरबीचको विजेतासँग शनिबार खेल्ने छ |
कोशीपारी अनलाइन कात्तिक २६, काठमाण्डौं नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन दरबार क्षेत्र र बसन्तपुर दरबार क्षेत्रमा...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १०, काठमाण्डौं नेपालले आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा आइतबार भएको खेलमा अमेरिकासँग १...