२०८२ माघ ५
January 19, 2026, Monday

कप्तान सावित्राको ह्याट्रिकमा नेपालको एक सयौं अन्तराष्ट्रिय खेलमा फराकिलो जित

कप्तान सावित्राको ह्याट्रिकमा नेपालको एक सयौं अन्तराष्ट्रिय खेलमा फराकिलो जित

काठमाडौं।छनोटको समूह एफको पहिलो खेलमा नेपालले सानदार जितसहित १००औं अन्तर्राष्ट्रिय खेललाई पनि ऐतिहासिक बनाएको छ । यसै खेलबाट गोलमेसिन सावित्राले नेपालका लागि कप्तानी डेब्यु गरेकी हुन् ।उनले उज्वेकिस्तानको गर्मीमा कप्तानी डेब्युमै ४ गोल ठोकिन् ।
यस्तै नेपालको बेल्जियन मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पनि राष्ट्रिय टिम डेब्युमा जितको स्वाद चाखे । तास्केन्तमा नेपालका लागि सावित्राले ४ गोल गर्दा अनिता बस्नेत, सरु लिम्बु, रश्मिकुमारी घिसिङ र अनिता केसीले १-१ गोल गरे । लाओसले एक आत्मघाती गोल नेपाललाई उपहार दिएको थियो ।

पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा ७ गोल थपेको थियो । अनिता बस्नेतले १२औं मिनेटमा सविता रना मगरको हेडर पासमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । सावित्राले ४४औं मिनेटमा अनिता बस्नतेकै क्रसमा गोल गर्दै अग्रता दोब्बर पारिन् ।दोस्रो हाफको दोस्रो मिनेटदेखि नै नेपालले गोल गर्न थाल्यो । आफ्नो ५०औं अन्तर्राष्ट्रिय खेल खेलेकी सरुले ४७औं मिनेटमा गोल गर्दै नेपालको अग्रता तेब्बर पारिन् ।सावित्राले ५५औं मिनेटमा आफ्नो दोस्रो गोल गरिन् । उनले ७५औं मिनेटमा ह्याट्रिक पूरा गरिन् भने त्यसको एक मिनेटपछि व्यक्तिगत चौथो गोल गरिन् ।

रश्मीले ५६औं र अनिता केसीले ८३औं मिनेटमा गोल गरिन् । नेपालले ८८औं मिनेटमा नवौं गोल गर्‍यो । सावित्राले हानेको प्रहार लाओसका खेलाडीलाई डिफ्लेक्ट हुँदै गोल भएको थियो ।सावित्रा नेपालको महिला टिमलाई नेतृत्व गर्ने ११औं कप्तान समेत बनिन् ।
सावित्राको कप्तानी डेब्यु, प्रशिक्षकको सिनियर नेसनल टिम डेब्यु, सरस्वती हमालको डेब्यु, महिला एसियन कप छनोटमा पहिलो जित जस्ता विषय भने सम्झनलायक रहे ।

Related News

टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित
टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित
  • २०८२ असार १६

कोशीपारी अनलाइन मााघ ४, काठमाण्डौं आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । घरेलु मैदानमा आजबाट...

टी–२० विश्वकप क्रिकेट खेल्न जाने पुरुष नेपाली क्रिकेट टोलीको बिदाई
टी–२० विश्वकप क्रिकेट खेल्न जाने पुरुष नेपाली क्रिकेट टोलीको बिदाई
  • २०८२ असार १६

कोशीपारी अनलाइन माघ ३, काठमाण्डौं आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने पुरुष नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल...

चितवन राइनोजले दियो जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य
चितवन राइनोजले दियो जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य
  • २०८२ असार १६

कोशीपारी अनलाइन मंसिर १६, काठमाण्डौं नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ...

TOP